कोरोनाका विरामीहरुलाई बोक्न व्यवस्था गरिएको सवारी साधनका चालकका लागि स्वास्थ्य समाग्री प्रदान

धनकुटा । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले आज धनकुटा अस्पतालमा नेपाली कांग्रेस पाख्रीवास नगर कार्य समितिले नि:शुल्क रुपमा कोरोनाका विरामीहरुलाई बोक्ने व्यवस्था गरेको सवारी साधनका चालकका लागि स्वास्थ्य समाग्री प्रदान गर्नु भएको छ ।

नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिले कोभिडका विरामीहरुलाई नि शूल्क रुपमा अस्पताला सम्म उपचारका लागि लान, ल्याउन व्यवस्था गरेको सवारी साधनका चालक विष्णु कुमार राई लाई आज पि.सि.आर परिक्षणका लागि धनकुटा अस्पतामा विरामी लगेको वेला उहाँले २ वटा पि पि किट सेट,फ्रेस शिल,मास्क,चस्मा, सेनिटाईजर प्रदान गर्नु भएको हो । कोभिडका महामारीमा धनकुटा जिल्ला पाख्रिवास नगरपालिकाका जनताका सहयोगका लागि नेपाली कांग्रेस नगर समिति पाख्रीवासले पि सि आर परिक्षण र उपचार गर्न नगरपालिका क्षेत्रबाट लान ल्याउन लाग्ने सवारी साधान पावतको रकम व्यहोर्ने गरी व्यस्था गरिएको नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका सभापति प्रेम भण्डारीले वताउनु भयो ।

नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिले सिङ्गो पाख्रिवास भरीका जनताहरुलाई महामारीको समयमा सवारी साधन नपाईरहेको अवस्थामा सवारी साधनको व्यवस्था गरी महत्वपूर्ण सहयोग गरेकोले यस किसिमको महत्वपूर्ण सहयोगको सम्मान गर्दै उहाहरुलाई उत्साह प्रदान गर्दै अभियानमा सहयोग गर्दै आफु जिल्ला कार्य समितिको सचिव भएकोले आफ्नो तर्फबाट स्वास्थ्य समाग्रीहरु प्रदान गरेको सचिव राईले वताउनु भयो ।

बिपतको यो क्षणमा धनकुटाको नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिले दुई हप्ता अघि देखी पाख्रिवास नगर क्षेत्रका नागरिकहरुलाई पिसिआर परिक्षण गर्न र संक्रमित भएकाहरुलाई उपचार गर्न लान र ल्याउनका लागी निशुल्क रुपमा सवारी साधनको व्यवस्था गरेकोले पाख्रिवास नगर भरीका जनताहरुलाई अहिले ठूलो राहत मिलेको छ ।

गाडीका चालकहरुलाई पाख्रिवासबाट पि।सि।आर।परिक्षण गर्न धनकुटा अस्पतालमा विरामी ल्याएर आएको अवस्थामा धनकुटा कांग्रेस सचिव विजय सन्तोषी राईले उक्त स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु प्रदान गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।