लुम्बिनी प्रदेशसभा उपनिर्वाचनमा मतदान शुरु

देउखुरी, लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यका लागि आज मतदान शुरु भएको छ । उपनिर्वाचनमा मुख्यमन्त्री शङ्कर पोख्रेलले पहिलो मतदान गरेर शुरुआत भएको छ ।

प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि मतदान शुरु भएको छ ।

मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ । कोरोनाको समयमा भीडभाड कम गर्न भर्चुअल माध्यमबाट मत परिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत नीमराज भट्टराईले जानकारी दिनुभयो ।

बिहान १० बजेसम्म खसेको मतमा स्थानीय तह प्रमुख उपप्रमुखतर्फ महिला ३५ पुरुष ३६ गरी जम्मा ७१ जनाको मत खसेको छ भने प्रदेशसभा सदस्यमा महिला २१ र पुरुष २७ गरी ४८ जनाको मत खसेको छ र कोभिड केन्द्रमा तीनजनाको मत खसेको छ ।

जम्मा १२२ जनाको मत खसेको निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।