‘पत्रकार कोरोना उपचार कोष’ स्थापना

कञ्चनपुर, नयाँ भेरियन्टसहितको कोराना भाइरसको सङ्क्रमणबाट सञ्चारकर्मी सङ्क्रमित हुन थालेपछि नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरले ‘पत्रकार कोरोना उपचार कोष’ स्थापना गर्ने निर्णय गरेको छ ।

समाचार सङ्कलनमा खटिएका सञ्चारकर्मी पनि कोरोना सङ्क्रमित भएको र अझै हुन सक्ने अवस्थालाई दृष्टिगत गरी कोष स्थापना गर्ने निर्णय गरिएको हो । “पत्रकारलाई उपचारमा सघाउ पु¥याउने उद्देश्य राखी कोष स्थापना गर्ने निर्णय गरेका छौँ”, कार्य समितिका सचिव राजेन्द्रप्रसाद अवस्थीले भन्नुभयो, “कोषमा रकम जम्मा गर्नका लागि सबैको साथ चाहिएको छ ।”

कोषमा सहयोग गर्नका लागि व्यवसायी, उद्योगी, सामाजिक सङ्घसंस्था, शिक्षक, कर्मचारी, समाजसेवीसँग अनुरोध गरिएको उहाँले बताउनुभयो । महासङ्घद्वारा स्थापना गरिएको कोषमा आर्थिक सहयोग गर्न इच्छुकहरुले एनएमबी बैंक शाखा महेन्द्रनगरमा नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरका नाममा रहेको चल्ती खाता नं ०९८०१२९०५८२०००११ मा रकम जम्मा गर्न सकिनेछ ।

तीन हजार सङ्क्रमित

वैशाख महिनादेखि जेठको दोस्रो सातासम्म कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ४८ जना प्रभावित भएका छन् । सोही अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट दुई हजार ५०७ जना सङ्क्रमण मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट धेरै जनामा सङ्क्रमण देखा परेको हो । पिसिआर परीक्षण चार हजार ४७१ जनाको गरिएको छ ।

यसमध्ये पिसिआर गरिएकामध्येको तीन हजार ९५० जनाको नतिजा प्राप्त भएको छ । आठ हजार ८९ जनाको पश्चिमी सीमा नाका गड्डाचौकीमा एन्टिजेन परीक्षण गरिएकामा यसमध्ये ५१७ जनाको नतिजा पोजेटिभ आएको छ । कोरोना सङ्क्रमण शुरु भएदेखि हालसम्म २१ हजार ८४ जनाको पिसिआर परीक्षण गरिएको छ । यसमध्ये छ हजार ७८० जनाको नतिजा पोजेटिभ आएको थियो ।

सोही अवधिमा सङ्क्रमण मुक्त हुनेको सङ्ख्या पाँच हजार ९९१ जना रहेको छ । हाल कोरोना भाइरसका सक्रिय केस ६१३ रहेका छन् । आइसोलेशनमा रहेकाको सङ्ख्या ९२ र होम आइसोलेशनमा रहेकाको सङ्ख्या ५१५ रहेको छ ।

आइतबार कञ्चनपुरमा ४२ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ भने कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या १८९ रहेको छ । हालसम्म कोरोनाको सङ्क्रमणबाट कञ्चनपुरमा ९४ जनाको मृत्यु भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।