जेठ २४ गतेसम्म निषेधाज्ञा थप
मोरङ,जिल्ला प्रशासन कार्यालय मोरङले यही जेठ २४ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ ।
कोरोना सङ्क्रमण बढिरहेको अवस्थालाई ध्यानमा राखी जिल्लामा जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आज निषेधाज्ञाको समय सकिनु अगाडि पाँचांै सूचना जारी गर्दै जेठ २४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञाको आदेश जारी गर्नु भएको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, सङ्क्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो ।
यो पनि पढ्नुहोस
कर्णाली, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खुलालुमा निर्माणाधीन पक्की पुल चाँडो सम्पन्न गर्न निर्माण कम्पन्नीलाई निर्देशन दिनुभएको छ ।
आइतबार बेलुका कर्णाली करिडोरअन्तर्गत खुलालुमा पुगेर निर्माणाधीन पुलको अनुगमन गर्नुभएका उहाँले निर्माण कार्य जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।
पुल निर्माणको कार्य तीव्र गतिमा भइरहे पनि कोरोना महामारीका कारण यस बीचमा सुस्ताएको पाइएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीमा काम गर्ने एक इन्जिनीयर कर्णाली नदीमा खसेर र अर्को कर्मचारी कोभिडले मृत्यु हुँदा काम सुस्ताएको हो ।
प्रदेशको समृद्धिको जीवनरेखाका रुपमा लिइएको कर्णाली करिडोर सुर्खेत–हिल्सासम्म जोड्ने गरी पुल निर्माण कार्य भइरहेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि सुर्खेत–खुलालु जोड्ने सडक दुई लेन बनाउन रु एक अर्ब २० करोड बजेट विनियोजन गरेको छ ।
कालीकोटको शुभकालिका र नरहरिनाथ गाउँपालिका जोड्ने कर्णाली नदीमाथि निर्माण हुन थालेको पुलको कार्यसम्पन्न हुन सके सुर्खेत–हुम्ला सिधा मार्ग जोडिने छ ।
त्यसैगरी आज मुख्यमन्त्री शाहीले जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सहभागी भएर विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को अहिलेको अवस्थाबारे जानकारी लिनाका साथै कोभिड अस्पतालको निरीक्षण गरी यो सङ्कटको व्यवस्थापनमा तदारुकताका साथ लाग्न समितिसहित कर्मचारीलाई निर्देशन दिनुभएको स्वकीय सचिव आचार्यले बताउनुभयो ।
मुख्यमन्त्री शाहीसहित प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही पनि गृह जिल्ला कालीकोट पुग्नुभएको छ ।


