विषम परिस्थितमिा नेपाली कांग्रेस नगर समिति पाख्रीवासद्वारा संक्रमितहरुलाई नि:शूल्क एम्वुलेन्स सेवा
धनकुटा । जिल्लामा नयाँ भेरियन्ट सहितको कोरोना भाईरस संक्रमित थपिईरहेको यो विषम परिस्थितमिा नेपाली कांग्रेस नगर समिति पाख्रीवासले संक्रमितहरुलाई नि:शूल्क एम्वुलेन्स सेवा दिईरहेको छ ।
कोरोना संक्रमितहरुलाई सहज रुपमा सेवा दिने लक्षका साथ उस्ले विगत ५ दिन देखी नि:शूल्क एम्वुलेन्स सेवा दिन शूरु गरेको हो । जसअनुसार अहिले निरन्तर सेवा दिईरहेको पाख्रीवासका स्थानिय तथा नेपाली कांग्रेस जिल्ला सदस्य ज्ञानु गुरुङले जानकारी दिनुभयो ।
अहिले सम्म १० जना वढीलाई सेवा दिईएको उहाँको भनाई छ । पाख्रीवास बजार तथा उत्तरपानी मार्घा देखी एम्वुलेन्स मार्फत नगर क्षेत्रका कोभिड संक्रमित विरामीहरुलाई धनकुटा, धरान, विराटनगर सम्मको सेवा नि:शूल्क रुपमा उपलब्ध गराईदै आएका उहाँले वताउनुभयो ।
कोरोना संक्रमितको सेवाका लागि पाख्रीवास ९ र १० नं वडाकाले जयन्द्र घिसिङ र डिवि मोक्तानलाई र अन्य वडाकाले ज्ञानु गुरुङ, प्रेम भण्डारी,कृष्ण वहदुर थापा,सन्तोष मानन्धर लगायतलाई फोन सम्पर्क गर्न सकिने जनाईएको छ ।


