इजलाससम्बन्धी विवादको दीर्घकालीन समाधान खोज्ने विषयमा सहमति

काठमाडौँ,प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र सर्वोच्च बार एशोसिएशनका पदाधिकारीबीच संवैधानिक इजलाससम्बन्धी विवादको दीर्घकालीन समाधान खोज्ने विषयमा सहमति भएको छ ।

प्रधानन्यायाधीश राणासँगको छलफलपछि पत्रकारसँग कुरा गर्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले संवैधानिक इजलाससम्बन्धी विवादको समाधान खोज्ने विषयमा सहमति भएको जानकारी दिनुभयो ।

“संवैधानिक इजलास गठन सम्बन्धमा सहमति भएको छ, नियममै आवश्यकताका आधारमा परिवर्तन गरी वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने विषयमा सहमति भएको छ”, अध्यक्ष शाक्यले भन्नुभयो, “कुनै कन्फ्ल्क्टिस अफ इन्ट्रेष्ट भएमा वा स्वास्थ्यका कारणबाट बस्न नसक्ने भएमा त्यसभन्दा तहको न्यायाधीश राख्ने सहमति भएको छ ।”

बारका अध्यक्ष शाक्यसहित पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश राणाले भविष्यमा पनि संवैधानिक इजलास गठन गर्दा विवादरहित ढंगले गर्न छलफल गर्नुभएको थियो ।

न्याय परिषद्बाट एक हप्ताभित्र संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली २०७२ संशोधन गरी सर्वोच्च अदालतको पूर्ण बैठकले पारित गर्ने विषयमा छलफल भएको जनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।