कोरोनासँगै भाइरल ज्वरो

डोटी, कोरोना सङ्क्रमणका कारण जिल्लावासी आक्रान्त भइरहेका बेला यहाँका स्थानीय तहमा फाइरल ज्वरोको जोखिम बढेको छ । दिपायल सिलगढी र शिखर नगरपालिका तथा जोरायल, पुर्वीचौँकी र बोगटान फुड्सिल गाउँपालिकामा भाइरल ज्वरोका बिरामी बढेको छ ।

गाउँमा भाइरल ज्वरोले नागरिक थला पर्न थालेपछि खेती किसानीको काम प्रभावित भएको छ । यहाँका गाउँका स्वास्थ्य संस्थामा सामान्य तय ज्वरोको औषधिसमेत नभएका कारण झनै समस्या भएको पीडितको गुनासो छ ।

यहाँका गाउँघरमा पछिल्लो समयभाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको शिखर नगरपालिका–१ समुहगाढका खडकबहादुर बोगटीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमणसँगै यहाँका गाउँघरमा भाइरल ज्वरोका बिरामी बढेका छन्, यहाँका प्रत्यक गाउँगाउँमा भाइरल ज्वरोका बिरामी नपरेका घर पाउन मुश्किल छ ।”

टाउँको दुख्ने, ज्वरो आउने, कम्मर दुख्नेलगायत लक्षणसहितका बिरामी प्रायःदैनिक अस्पतालमा उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायलका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिनुभयो ।

गाउँमा दिनहुँ भाइरल ज्वरोका बिरामी थला पर्न थालेपछि समस्या उत्पन्न भएको दिपायल सिलगढी नगरपालिका–२ की पार्वती कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “भाइरल ज्वरोले दिनहुँ मानिस बिरामी पर्दैछन्, हामीलाई कोरोनाभन्दा पनि भाइरल ज्वरोले सताएको छ ।”

उहाँका अनुसार भाइरल ज्वरो तथा रुघाखोकीका बिरामी बढ्दै गए पनि उपचार गर्ने ठाउँ नभएका कारण पनि समस्या हुँदै आएको छ ।

जोरायल गाउँपालिकाका स्वास्थ स्वास्थ्य संयोजक गोविन्द विष्टका अनुसार भाइरल ज्वरोका दैनिक बिरामी स्वास्थ्य संस्था आउन थालेका छन्, सामान्य ज्वरोको औषधि दिएर र जाँच गर्दा निको भएको छैन ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।