धनकुटामा आज एक संक्रमितको नि’धन
धनकुटा । धनकुटामा आज एक कोरोना संक्रमितको निधन भएको छ ।
धनकुटा नगरपालिका ३ का ६० वर्षका पुरुषको निधन भएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत १४ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष होम आईशोलेसनमा उपचाररत रहनुभएको थियो ।
यसैवीच आज दिउसो तीन वजे सम्मको जिल्लाको तथ्यांक अनुसार कोरोना संक्रमणबाट निधन हुनेको संख्या १५ जना पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
निधन हुनेमा ११ पुरुष, ४ महिला रहेका छन् ।


