कोरोना संक्रमित व्यवसायीको घर घरमा गई स्वास्थ्य अवस्थाको वारेमा जानकारी
धनकुटा,जेठ १९ । धनकुटा उद्योग बाणिज्य संघ र वितरक संघ हिलेले आज हिलेबजारका आफ्ना पदाधिकारी,सदस्य तथा कोरोना संक्रमित व्यावसायीको घर घरमा गई उनिहरुको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिएका छन् ।
हिले बजारका कोरोना संक्रमित व्यावसायीहरुको घर घरमा पुगी धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वितरक संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष विक्रम प्रधान,उपाध्यक्ष सुन्दर आर्चाय,महासचिव डिजेश शाक्य,कोषाध्यक्ष बिपिन थापा, सदस्य उत्सव कटेल लगायतको टोलीले उनिहरुको स्वास्थ्य स्थितिको वारेमा जानकारी लिएका हुन् ।
सो अवसरमा टोलिले संक्रमित व्यावसायीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै कोरोना भाईरस सँग उच्च मनोवलका साथ संघर्ष गर्न अनुरोध गरेको छ ।
अहिले धनकुटा जिल्ला भरी १ सय ६ जनाव्यवसायीहरु कोरोना संक्रमित भएकोमा कोरना आकस्मिक कक्ष धनकुटा अस्पतालामा ५ जनाको र कोरोना अस्पताल द्योगिक ग्राम धनकुटामा ६ जनाको उपचार भईरहेको उद्योग वाणिज्य संघका अध्यक्ष राईले जानकारी दिनुभएको छ ।
अन्य संक्रमित व्यवसायीहरु होम आईशोलेसनमा चिकित्सकहरुको परार्मशमा उपचार गराइरहेको राईले वताउनु भयो ।


