धनकुटा लेडि जेसिसद्वारा धनकुटा अस्पताललाई स्वास्थ्य सामाग्री उपलव्ध

धनकुटा,जेठ १९ । कोरोना संक्रमितको उपचारमा सहयोग पुर्याउने लक्षका साथ धनकुटा लेडि जेसिसले आज धनकुटा अस्पताललाई स्वास्थ्य सामाग्री उपलव्ध गराएको छ ।

धनकुटाका टेक बहादुर श्रेष्ठ र दिपकला श्रेष्ठकी छोरी हाल युकेमा रहनुभएकी अस्मिता श्रेष्ठले लेडि जेसिसलाई सहयोग स्वरुप पठाउनुभएको २० हजार रकम मार्फत स्वास्थ्य सामाग्री खरिद गरी अस्पताललाई प्रदान गरिएको हो।

जसअनुसार ५ सय थान सर्जिकल मास्क, २ सय ३० थान ग्लोव्स,१० लिटर स्यानिटाईजर र २० थान फेसशिल्ड प्रदान गरिएको धनकुटा लेडि जेसिस अध्यक्ष बिसिका श्रेष्ठले जानकारी दिनुभयो ।

ती सामाग्री अध्यक्ष श्रेष्ठले धनकुटा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पुजन विश्वकर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।