सरुवा रोग नसर्ने ‘नेगेटिभ सेक्सन’ जडान

चितवन, अस्पतालमा एउटा बिरामीबाट अर्काे बिरामी र स्वास्थ्यकर्मीमा सङ्क्रामक रोग सर्ने उच्च जोखिम हुन्छ । कतिपयले अस्पतालबाटै रोग सारेर लैजाने गरेको पाइएको छ । यस्ता रोग नसरोस् भन्नका लागि यहाँको एक मेडिकल कलेजले ‘नेगेटिभ सेक्सन’ जडान गरेको छ ।

चितवन मेडिकल कलेजको आइसियु (सघन उपाचार कक्ष) मा नेगेटिभ सेक्सन जडान गरिएको छ । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरीशचन्द्र न्यौपानेका अनुसार सङ्क्रामक रोग नफैलियोस् भन्नका लागि हरेक शय्याको माथि उपकरण जडान गरिएको छ ।

सो उपकरणले बिरामीबाट निस्किएको कीटाणुसहितको श्वासलाई प्रशोधन गरेर बाहिर फाल्दछ । बाहिरबाट स्वच्छ हावाभित्र पठाउँछ । न्यौपानेले भन्नुभयो, “यसबाट बिरामी र स्वास्थ्यकर्मी दुवै जोगिन्छन् ।”

चीनमा कोरोना देखिएसँगै मेडिकल कलेजले सो उपकरण जडान गरेको हो । उहाँका अनुसार १९ शय्याको सो सघन उपचार कक्षमा कोरोना सङ्क्रमितलाई राखेर उपचार गरिँदै आएको छ । सो कक्षमा काम गर्ने स्वास्थ्यकर्मी सुरक्षित हुने उहाँको भनाइ छ ।

न्यौपानेका अनुसार यसका अतिरिक्त अन्य सरुवा रोगमा पनि बिरामी र स्वास्थ्यकर्मी लाभान्वित हुनेछन् । एउटै सघन उपचार कक्षमा फरकफरक रोगका बिरामी उपचार गर्नुपर्दा यो निकै उपयोगी हुने बताइन्छ । उन्नाइस वटा नेगेटिभ सेक्सन जडान गर्दा रु १९ करोडभन्दा बढी लगाानी भएको न्यौपानेले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार विश्वका विकसित मुलुकमा यस्ता उपकरण राख्ने गरिन्छ । उहाँले भन्नुभयो, “यसले हावा र थुकका छिटाहरुबाट सर्ने रोगबाट अन्य बिरामी र स्वास्थ्यकर्मीलाई जोगाउँछ ।”

त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीले सामान्य सावधानी अपनाए पुग्छ । बिरामीहरुले मास्क लगाउनु पर्दैन । यस्ता प्रविधि जिल्लामा हुँदा सरुवा रोगको महामारीको समयमा निकै उपयोगी हुने तिवारीको भनाइ छ । इन्फ्लुएन्जा, क्षयरोग, सार्स, दादुराजस्ता सङ्क्रामक रोगबाट यसले बचाउने तिवारी बनाउनुहुन्छ ।

नेपालमा यो उपकरण जडान गर्दै आएको एयरटेक प्रालिका प्रबन्ध निर्देशक मनोज भन्साली ठूला अस्पतालमा यस्ता उपकरण जडान हुन थालेको बताउनुहुन्छ । यसले रोग सर्न नदिने हुँदा बिरामी र स्वास्थ्यकर्मी लाभान्वित हुने भन्दै उहाँले कोरोनाको समयमा यो निकै उपयोगी भएको बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।