‘कोभिडसँग लड्छौँ, हामी सेवा दिन्छौँ’ अभियान शुरु

मध्यपुरथिमि, कोभिड–१९ को महामारीबाट जोगाउन भक्तपुरका विभिन्न संस्था सक्रिय भएका छन् । कोभिड सङ्क्रमणको दोस्रो लहर रोकथाम र नियन्त्रणमा सरकार लागिरहेका बेला भक्तपुर चेम्बर अफ कमर्स र भक्तपुर लायन्स सेवा समन्वय समितिको संयोजनमा ११ संस्थाले संयुक्तरूपमा कोभिड–१९ नियन्त्रण अभियान नै चलाएका छन् ।

‘सेवा परमो धर्म’ले कोभिडसँग लड्छौँ, हामी सेवा दिन्छौँ भन्ने नारा दिएर कोभिडलाई परास्त गर्ने अभियान शुरु गरेको नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य रोशन भोयद्योले बताउनुभयो । कोभिड सङ्क्रमितको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्य परिचारिकाका लागि विशेष किसिमको क्वारेन्टिन सेन्टर सञ्चालनमा ल्याइएको र त्यसमा अक्सिजनको समेत व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो ।

चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित कोभिड–१९ आइसोलेशन सेन्टर चाँगुनारायण इञ्जीनियर कलेज नेकसँग सहकार्य गर्दै आइसोलेशन सेन्टरलाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्थापन गरिएको भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरले जानकारी दिनुभयो ।

परमो धर्म अभियानले जेठको पहिलो सातादेखि कोभिडका बिरामीका लागि २४ घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको र सेवा चाहिएमा हटलाइन नं ९८६१७५६४६१ सम्पर्क गर्न उहाँले आह्वान गर्नुभयो । उहाँले मनोचिकित्सक डा कञ्चन दाहाल र वरिष्ठ कार्डियोलोजिष्ट डा सञ्जय श्रेष्ठसँग स्वास्थ्य परामर्शका लागि भर्अुअल परामर्श सेवा शुरु गरिएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्टलाई रु तीन लाख सहयोग गरेको मानन्धरले जानकारी दिनभुयो । केही दिनमा चिकित्सक, स्वास्थ्यकर्मीलगायतको टोलीलाई घरघरमा गएर पिसिआर परीक्षण, रगत जाँच तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउन ‘डोर टु डोर हेल्थ सर्भिस’ले सेवा दिइने जानकारी दिनुभयो ।

प्याब्सन, विद्युतीय सामग्री व्यवसायी सङ्घ, डक्टर्स सोसाइटी, नेपाल नर्सिङ सङ्घ, सिबीआर, भक्तपुर हार्ट एण्ड डायबेटिज सेन्टर, निरोग मेडिकल केयर एट होम, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ सङ्घ र त्रिनेत्र बचत तथा ऋण सहकारी संस्थाले अभियानमा सहकार्य गरेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।