रेडियो लालिगुरांसका उपाध्यक्ष तथा धनकुटा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष घिमिरेलाई पितृ शोक
धनकुटा,२० जेष्ठ । रेडियो लालिगुरासका उपाध्यक्ष तथा धनकुटा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष उमेश घिमिरेका पिता समाजसेवी तथा वरिष्ठ उद्यमी निल वहादुर घिमिरेको आज विहान निधन भएको छ ।
विभिन्न सामाजिक संघ संस्थाहरुमा सक्रिय भूमीका निर्वाह गर्दै नेतृत्व गरीरहनु भएका घमिरेको ८१ बर्षको उमेरमा आज विहान निधन भएको हो ।
उहाँलाई निमोनिया तथा श्वास प्रश्वास सम्वन्धि समस्या भए पछि विराटनगर स्थित नोवल अस्पतालमा उपचार गरी हिजो साँझ मात्र घरमा ल्याईएको थियो । उहाँको आजै धनकुटा मुलघाट स्थितको तमोर नदीमा अन्त्यष्ठि गरिएको छ ।
स्व. घिमिरेको पार्थिव शरिरमा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,पूर्व अध्यक्ष लाचन्द्र गोङ्वा तामाङ्ग,वरिष्ट उपाध्यक्ष मन कुमारी तिुतङ्ग,उपाध्यक्ष खगेन्द्र विष्ठ,महासचिव राम वहादुर गोङ्वा तमाङ्ग,सचिव श्रीराम रायमाझी, धनकुटा औद्योगिक ग्राम सञ्चालन तथा व्यवस्थापन समितिका अधयक्ष घनेन्द्र न्यौपाने सहित उद्यमी व्यवसायी अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
यसैवीच उहाँको निधन प्रति रेडियो लालिगुरॉंस परिवार र धनकुटा उद्योग बाणिज्य संघले गहिरो दुख व्यक्त गरेका छन् भने शोकाकुल परिवार जनमा समवेदना व्यक्त गरेका छन् ।


