संक्रमित विरामीहरुलाई भेटेर स्वास्थ्यको वारेमा जानकारी

धनकुटा,जेठ २० । गाउं गाउंमा कोरोना भाईरस संक्रमण थपिईदै गएको वेला नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले आफ्ना पार्टी संवद्ध संक्रमित विरामीहरुलाई भेटेर स्वास्थ्यको वारेमा जानकारी लिनुभएको छ ।

उहाँले हिले बजार सहित गाउ गाउका आफ्ना पार्टी सम्वद्ध संक्रमित विरामीको घर घरमा पुगी भेटघाट गर्दै स्वास्थय सामाग्री समेत प्रदान गरेको वताउनुभएको छ ।

धनकुटा नगरपालिकाको हिले,सहिदभूमी गाउपालिकाको वडा नं ६ को आखिसल्ला सुके आहाल, थलथले बजार, वडा नं २ र वडा नं ३ र छथरजोरपाटी गाउपालिकाको वडा नं ५ को सिधुवाका कांग्रेसका वडा सभापतीलाई सचिव राईले भेट गर्दै उहाहरुको स्वास्थ्य स्थितिको वारेमा जानकारी लिनु भएको थियो ।

सहिद भूमी गाउपालिका वडा नं ६ मा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राम कुमारी भण्डारी, क्षेत्रिय सदस्य कमल कुमारी राई,आदिवासी जनजाती संघका जिल्ला कोषाध्यक्ष विष्णु राई,नेपाली कांग्रेस सहिदभूमी गाउपालिका वडानं। ६ का वडा सभापती विकास राई,पूर्व सचिव सुरेन्द्र राई,तरुण दलका अध्यक्ष सुनिल राई लगायतका नेता र पार्टी सम्वद्ध यूवाहरुसं भेटघाट गरी कोरोना भाईरस संगको यूद्धमा सवैले उच्च मनोवलका साथ लड्न उहाँले अनुरोध समेत गर्नु भयो ।

त्यस्तैगरी सहिदभूमी गाउपालिका वडा नं ३ मा पार्टीका वडा सभापती श्याम राई,क्षेत्रिय प्रतिनिधि शोभा राई,सरिता राई, वडा नं २ मा पूर्व महासमिति सदस्य शिव राई लक्षण राई,वडा सभापति दुर्गा विष्ट लगायत भेट गरी संक्रमणबाट बच्न उच्च सावधानी अपनाउन अनुरोध गर्नुभयो ।

धनकुटा नगरपालिका वडा नं। १ हिलेमा जिल्ला सदस्य शान्ति खड्का,वडा सभापती शम्सेर गोङ्वा,नगर सदस्य राम घिसिङ्ग तामाङ्ग र छथरजोरपाटी गाउपालिकाको वडा नं ६ सिधुवामा वडा सभापती नविन श्रेष्ठ,पूर्व वडा उपसभापती ईन्द्र श्रेष्ठ,नेपाल तरुण दलका जिल्ला सदस्य सन्तोष श्रेष्ठ,नेपाल टे«ड युनियन कांग्रेस छथरजोरपाटीका अध्यक्ष पदम भट्टराई,नेवीसंघका नेता बाल कुमार कार्की लगायत संघ भेटघाट गरी कोरोना भाईरससंग बच्ने उपाएको वारेमा परामर्श गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।