किराँत सभ्यतासँग जोडिएको खुवालुङ फेरी चर्चामा
धनकुटा,२० जेठ । सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेटमा सप्तकोशी नदीमा पानी जहाज संचालन गर्नका लागि नदीको बीचभागमा रहेको ठूलो ढुंगा खुवालुङ हटाउने कार्यक्रम ल्याएपछि किरात धर्मावलम्बीहरुले विरोध जनाएका छन् ।
खुवालुङ किराँत सभ्यतासँग जोडिएको खुवालुङ जोगाउनु पर्नेमा हटाउन खोज्नु पहिचान र आस्थामाथिकै प्रहार भएको भन्दै उनीहरुले विरोध गरेका हुन् ।
अवरोध हटाउने नाममा खुवालुङ फुटाउने योजनालाई सफल हुन नदिइने नेपाल आदिबासी जनजाती महासंघ धनकुटा परिषदका अध्यक्ष संजयसन्तोषी राईले बताउनुभयो ।
उहाँले भन्नु भयो अहिले कोरोना संक्रमणको समय छ हामीले बाहिर आएर बिरोध गर्ने अवस्था छैन् । तर यस कार्यको विरोध भईनै रहेको छ प्रदेश सरकारले खुवालुङ फुटाउने नास्ने कार्य रोक्छ भन्ने विश्वास आफूहरुमा अझै रहेको बताउनु भयो ।
यसअघि पनि खुवालुङ फुटाउन नहुने भन्दै पटक पटक विरोध भएको थियो । सरकारले जेठ १५ गते प्रस्तुत गरेको बजेटमा नदीमा रहेका अवरोध हटाउने उल्लेख गरेको थियो ।


