धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सय २८ जना
धनकुटा,२१ जेठ । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सय २८ रहेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यलय धनकुटाले आज सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी गराइएको हो ।
जस अनुसार आज ५२ जनामा संक्रमण पुष्टि भएको छ भने ४३ जना कोरोना संक्रमण मुक्त भएको जनाईएको छ ।
५ सय १० जना होम आइसोलेसनमा रहेका छन् भने १० जना संस्थागत आइसोलेसनमा र ८ जना अस्पतालमा उपचारार्थ रहेको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठद्धरा जारी गरिएको विज्ञप्ती उल्लेख गरिएको छ ।



