राउटेमा कोरोना पुष्टि भएन

दैलेख, जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायमा कोभिड–१९ सङ्क्रमण भेटिएन । सुर्खेतको गुर्भाकोट नगरपालिका–११आपसोती जनैघाट जङगलको भेरी नदी किनारमा बसोबास गर्दैै आएका ती समुदायको एन्टिजेनबाट स्वाव सङ्कलन गरिएको थियो । सङ्कलित स्वावको रिपोर्ट नेगेटिभ आएसँगै सो समुदायमा कोरोना पुष्टि नभएको हो ।

परीक्षण गराएका सबैको रिपोर्ट नेगेटिभ आएको गुराँस गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक निराजन विष्टले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली राउटेका बस्तिमै पुगेर स्वाव सङ्कलन गरिएको थियो । परीक्षण गराएकामा कसैको पनि कोरोना पुष्टि भएन ।”

उहाँले कति जनाको स्वाव सङ्कलन गरिएको थियोे भन्ने जानकारी दिनुभएन । राउटे महिलाले करोना परीक्षण ‘आफ्नो धर्म विरुद्ध हुने ’जनाउँदै स्वाव सङ्कलन गर्न अस्वीकार गरेका बताइएको छ । स्वाव सङ्कलन गर्नु अगाडि राउटेका मुखिया सूर्यनारायण शाहीले आफ्नो जनतामा कोरोना नलागेकोे जनाउँदै परीक्षण नगर्न आग्रह गर्दै आउनु भएको थियो ।

“मेरो जनतासँग कोरोना छैन । सरसफाइ गरेकै छौं । किन स्वाव लिनु प¥यो ? जनता डराउँछ । कहिल्यै पनि तपार्इँको जस्तो उपचार गरेको छैन । बरु हाम्रो समुदायमा गैर राउटेलाई आउन नदिन प्रहरी पठाइ दिनुहोला । ”उहाँले भन्नुभयो ।

केहीदिन अगाडि राउटे युवक शिवराज शाहीको मृत्यु भएको थियो । आफ्नो समुदायमा सक्रिय शाहीको मृत्युपछि कोरोना आशंकामा स्वाव सङ्कलन गरिएको सहयोगी संस्था सोसेकले जनाएको छ । अहिले पनि ती समुदायलाई खाद्यान्नको जोहो गर्न विभिन्न गाउँ बजार डुलिरहनु पर्ने बाध्यता छ ।

कोरोनाको आशंकामा राउटे समुदायको परीक्षण गरिएको सोसेकका संस्थापक अध्यक्ष हिरासिंह थापाले जानकारी दिनुभयो । गुराँस गाउँपालिकाले राउटे नागरिकलाई स्थायी बासिन्दाको प्रमाणपत्र दिइसकेको ।

प्रदेश सामाजिक विकास मन्त्रालय, गुर्भाकोट नगरपालिका, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र गुराँस गाउँपालिकाको संयुक्त प्रयासमा कर्णाली प्रदेशको गहना भनेर चिनिने राउटे समुदायमा कोरोना परीक्षण गराएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।