धनकुटामा ४ सहित प्रदेश १ मा आज थपिए ८ सय ५१ संक्रमित,९९३ संक्रमणमुक्त

विराटनगर, २१ जेठ । प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४०१ महिला र ५९२ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४० हजार ४०६ पुगेको छ ।

प्रदेश १ मा आज ८५१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३३९, मोरङमा २५६, सुनसरीमा १९७, उदयपुरमा २७, इलाममा ६, पाँचथर, धनकुटा र भोजपुरमा ४–४, संखुवासभामा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको मेचीनगरमा १०५, विर्तामोडमा ५६, शिवसताक्षीमा ३८, कनकाईमा २७, अर्जुनधारामा २५, गौरीगञ्जमा १९, हल्दिबारीमा १७, दमक र भद्रपुरमा १४–१४, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ५, बा¥हदशीमा ४, झापा गाउँपालिकामा ३, गौरादह र स्थानीय तह नखुलेका २–२, मोरङको विराटनगरमा १४७, सुन्दरहरैचामा ३५, रतुवामाईमा १९, उर्लाबारीमा १२, बुढीगंगामा ११, बेलबारीमा ८, कटहरीमा ५, धनपालथानमा ४, मिक्लाजुङ, रंगेली र जहदामा ३–३, पथरीशनिश्चरे र सुनबर्षीमा २–२, कानेपोखरी, ग्रामथान र लेटाङमा १–१, सुनसरीको इटहरीमा ७०, धरानमा ५०, इनरुवामा ४६, बराहक्षेत्रमा १०, देवानगञ्जमा ७, दुहवीमा ६, रामधुनी, बर्जु र स्थानीय तह नखुलेका २–२, गढी र भोक्राहानरसिंहमा १–१. जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा २५, चौदण्डीगढी र उदयपुरगढीमा १–१, इलामको चुलाचुलीमा २, इलामनगरपालिका, सुर्योदय, देउमाई र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा ३ र स्थानीय तह नखुलेका १, धनकुटाको छथरमा २, पाख्रिवास र चौवीसेमा १–१, भोजपुरको अरुण, षडानन्द, भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, संखुवासभामा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६१ हजार ७५ पुगेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ७२८ पुगेको छ । प्रदेश १ मा आज २ हजार ५५३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३४७ महिला र ५०४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।