नेपाल सेना र सशस्त्र प्रहरीद्वारा धनकुटा अस्पतालमा कोरोना संक्रमितहरुको कुरुवाका लागि टेन्ट

धनकुटा । धनकुटा अस्पतालमा नेपाली सेना र सशस्त्र प्रहरीले कोरोना भाईरस संक्रमितहरुको कुरुवाहरु(भिजिटर)का लागि टेण्ट लगाई दिएको धनकुटा अस्पतालले जनाएको छ ।

कोरोना भाईरसका विरामीहरुको सख्याको बृद्धी हुने क्रम संर्गै धनकुटा अस्पतालमा उपचार गराउने आउनेहरुको संख्याा एक्कासी बृद्धी भएपछि विरामीहरुको कुरुवाहरुलाई बस्न र सुस्न समस्या भएपछि नेपाली सेनाको बरख गण धनकुटा सल्लेरी व्यारेक र सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म छिन्ताङ्ग धनकुटाले धनकुटा अस्पतालमा एक एक वटा टेन्ट लगाई दिएको छ ।

विरामीको कुवरुवाहरुलाई बस्न समस्या भएपछि धनकुटा अस्पताल व्यवस्थापन समितिका सदस्य तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माको अनुरोधमा कोरोना संक्रमितहरुको कुरुवाहरुको लागी उक्त टे«ण्ड नेपाली सेना र सशस्त्र प्रहरी बलले लगाई दिएको हो ।

वरख गण सल्लेरी व्यारेक धनकुटाका गणपती कर्णेल भगवान थापाको निर्देशनमा नेपाली सेनाले र सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म छिन्ताङ्ग धनकुटाका गुल्पती राम चन्द्र श्रेष्ठको निर्देशनमा सशस्त्र प्रहरीहरुले छुट्टा छुट्टै धनकुटा अस्पतामा उक्त टे«ण्ड लगाई दिएको हो ।

नेपाली सेना र सशस्त्र प्रहरीले धनकुटा अस्पतालमा टेण्ड लगाई दिएपछि कोरोना संक्रमितहरुका कुरुवाहरु टेण्ड भित्रनै वस्न र सुत्न थालेका छन ।
धनकुटा कोभिड अस्पताल र धनकुटा कोभिड आकस्मिक कक्ष धनकुटा अस्पतालमा २१ जना कोरोना संक्रमितहरुको उपचार भैरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।