धनकुटाको पाख्रिवासमा संक्रमितहरुको घर घरमा गई स्वास्थ्य सामाग्री प्रदान

धनकुटा, २१ जेष्ठ । धनकुटा जिल्ला पाख्रिवास नगरपालिकाको पाख्रिवास बजार क्षेत्रका संक्रमितहरुको घर घरमा गई आज नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राइले स्वास्थ्य स्थितिबारे जानकारी लिई सुरक्षित तथा स्वास्थ्य समाग्रीहरु प्रदान गर्नु भएको थियो ।

कोरोना भाईरसबाट प्रभावित भएको धनकुटाको पाख्रिवास नगरपालिकाको पाख्रिवास बजार क्षेत्रमा नेपाली कांग्रेस धनकुटाका सचिव राई,पाख्रिवास नगर कार्य समितिका सभापती प्रेम भण्डारी लगायतका नेताहरुले कोरोना संक्रमितहरको घर घरमा गई उहाहरुको स्वास्थ्य स्थितिको वारेमा जानकारी दिई स्वास्थ्य समाग्रीहरु प्रदान गरी शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको हो ।

धनकुटाको पाख्रिवास बजारमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु ज्ञान वहादुर गुरुङ्ग, विर वहादुर तामाङ्ग,पाख्रिवासका नेता भक्त गुरुङ्ग,नगर कार्य समितिका सभापति भण्डारी,वडा नं. ४ का वडा सभापति श्याम प्रकाश राई, वडा नं. ३ का सभापती चन्द्र लिम्बु,क्षेत्रिय सदस्य ज्योती गुरुङ्ग,गंगा गुरुङ्ग,तरुण नेता सन्तोष मानन्धर,नेपाल तरुण दल पाख्रिवासका नगर कार्य समितिको अध्यक्ष रवी राई,सन्तोकी गुङ्ग,मिनराज गुरुग लगायतका तरुण नेताहरुसंग भेटघाट गरी कोरोना भाईरस बाट बच्ने र निणयन्त्र गर्ने वारेमा जिल्ला सचिव विजय सन्तोषी राईले परार्मश समेत गर्नु भएको थियो ।

यसैगरी नेपाली कांग्रेस धनकुटका जिल्ला राई ,पाख्रिवास नगरपालिकाको वडा नं. १० उत्तरपानीमा नेपाली कांग्रेसका जिल्ला सदस्य जयन्द्र घिसिङ्ग,वडा सभापती डि वि.मोक्तान संग पनि भेटघाट गरी वडा नं. १०मा कोरोना भाईरस संग बच्ने र नियन्त्रण गर्ने वारेमा छलफल गर्नु भएको थियो ।

पाख्रिवास नगरपालिकाको वडा नं. ४ पाख्रिवास बजारमा कोरोना भाईरस तिव्र रुपमा फैलिदै गएका कारण अहिले कोरोना भाईरसको हट स्पट पाख्रिवास भएको छ त्यहा ५४ जना भन्दा बढी कोरोना भाईरस संक्रमित भएका छन ।

सचिव राईले त्यस क्षेत्रमा मास्क,सेनिटाईजर लगायतका स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु समेत वितरण गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।