‘इलामेलीको पीडामा मल्हम पट्टी’ अभियानले उल्लेखनीय काम

इलाम, केही साताअघि यहाँका युवाको अगुवाइमा जुटेको ‘मलम पट्टी’ अभियानले अहिले गाउँगाउँमा पुगेर सेवा दिँदै आएको छ । कोभिड–१९ को विषम परिस्थितिमा नागरिकलाई स्वास्थ्य सामग्री जुटाउन निर्माण भएको ‘इलामेलीको पीडामा मल्हम पट्टी’ अभियानले उल्लेखनीय काम गरिरहेको छ ।

अभियानले खडा गरेको राहतमा इलामेसँगै प्रवासमा रहेकाले समेत सहयोग जुटाइरहेका छन् । अभियानले अहिले स्थानीय तहलाई राहत सामग्री हस्तान्तरण गरिरहेको छ । अभियानका अभियानकर्मी निरोज खड्गीका अनुसार एक पालिकालाई रु एक लाख ४० हजार बराबरको सामग्री वितरण गरिँदैछ ।

“हाम्रो अभियान निरन्तर चलिरहेको छ, अहिले पनि हामी माई नगरपालिकामा छाँै”, खड्गीले भन्नुभयो, “हामीले स्वास्थ्यका लागि अत्यावश्यक पर्ने सामग्री वितरण गरिरहेका छौँ ।” अहिले सो अभियानले सेमी फोल्डिड शय्या तीन, सादा शय्या दुई, पिपिई १० सेट, स्यानिटाइजर १० लिटर मास्क ५०० थान, ग्लोब्स ४०० जोर, फेस सिल्ड १०, थर्मल गन एक र अक्सिमिटर तीन थान हस्तान्तरण गरिरहेको छ ।

हालसम्म इलाम नगरपालिकास्थित अस्पतालमा रु छ लाख बराबरको अक्सिजन मेसिन जडान गरेको छ । अन्य नौ स्थानीय तहमध्ये सातमा अभियानले सामग्री पठाइसकेको छ । जिल्लाका देउमाई नगरपालिका र सन्दकपुर गाउँपालिकामा भने सामग्री पठाउन बाँकी रहेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वर चिपालुले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै स्थानीय तहमा सामग्री वितरणपछि सर्वदलीय र सर्वपक्षीय बैठक राख्ने तथा नयाँ सामग्री कहाँ कहाँ पठाउने छलफल गरिनेछ । बुधबार मात्रै अभियानले नेपाल पत्रकार महासङ्घलाई समेत सामग्री वितरण गरेको थियो । ‘इलामेहरुको पीडामा मल्हम पट्टी’ अभियानअन्तर्गत कोभिड व्यवस्थापन तथा राहत कोष व्यवस्थापन तथा सञ्चालन समितिमा उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रस सोसाइटी, नेपाल पत्रकार महासङ्घ, निरोज खड्गी र रतन चौधरी सदस्य छन् ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्लामा सङ्क्रमितलाई चाँडो निको बनाउन आयुर्वेदिक उपचारलाई तीव्रता दिइएको छ । मेची अञ्चल आयुर्वेद औषधालयले विभिन्न जडीबुटी मिश्रित औषधिलाई सङ्क्रमितसमक्ष पु¥याउन थालेको हो ।

कोरोना सङ्क्रमितलाई निःशुल्क आयुर्वेदिक औषधि

गत वैशाख २७ गतेबाट औषधालयले अभियान नै चलाएर सकेसम्म सङ्क्रमितको घरघर औषधि पु¥याइरहेको छ । औषधालयले गुर्जोचुर्ण, जेष्ठीमधु चूर्ण, त्रिकटु चूर्ण र अश्वगन्धालगायत औषधि सङ्क्रमितलाई निःशुल्क उपलब्ध गराइरहेको छ । औषधिसँगै सङ्क्रमितलाई श्वासप्रश्वासमा सहज गराउन विभिन्न योग विधिसमेत सिकाइरहेको औषधालयका सूचना अधिकारी तीर्थ आचार्यले बताउनुभयो ।

सो आयुर्वेदिक औषधि सेवन गरेपछि शारीरिक रुपमा केही सहज भएको महसुस भएको इलाम–५ का वडाध्यक्ष ठाकुर श्रेष्ठले बताउनुभयो । अघिल्लो चरणको कोरोनाबाट सङ्क्रमित भएका श्रेष्ठले यस पटक आफूले पनि यो औषधि सेवन गरेको र इलाम नगरपालिकाका सङ्क्रमितलाई पनि औषधि वितरण गरिएको बताउनुभयो । सो नगरपालिकाका प्रवक्तासमेत रहनुभएका श्रेष्ठले मात्रा मिलाएर सेवन गर्दा सङ्क्रमित निको हुन सजिलो भएको जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।