धनकुटामा कोरोना मुक्त हुनेको संख्या ५ सय ९१, भोलिदेखि शहिदभूमी गाउँपालिकाको प्रत्येक वडाकार्यलय मार्फत घरघरमा पुगेर स्वास्थ्य परामर्श गरिने
धनकुटा,जेठ २२ । धनकुटामा कोरोना मुक्त हुनेको संख्या ५ सय ९१ पुगेको छ ।
जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्रका अनुसार आज दिउसो ३ वजे सम्म जिल्लाका २ सय ४३ महिला र ३ सय ४८ पुरुष सहित जम्मा उल्लेखित संख्याका संक्रमितले कोरोनालाई जितेर डिस्चार्ज हुन सफल भएको तथ्यांक छ ।
अहिले जिल्लामा २ सय ६० महिला र २ सय ८७ जना सक्रिय संक्रमित रहेका छन भने २१ जना संस्थागत र ५ सय २५ जना होम आईशोलसनमा रहेको केन्द्रले जनाएको छ । त्यस्तै धनकुटाको सहिदभुमि गाउपालिकामा ४७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
गाउपालिकामा अहिले सम्म पिसिआर बिधिबाट परिक्षण गरिएका संक्रमित १ सय ३ जना र गाँउपालिका बाट एन्टिजेन विधिवाट कोरोना संक्रमण पुष्टि भएका ४३ गरी जम्मा १ सय ४६ जनामा संक्रमण देखिएको छ ।
जस मध्य ४७ जना संक्रमण मुक्त भएकाछन्न भने ९९ जना सक्रिय संक्रमित रहेको गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले बताउनु भयो ।
पालिकाको वडा नं २ मा ३२ , वडा नं ४ मा १३ , वडा नं ५ मा १४ र वडा नं ६ मा ४० जना सक्रिय संक्रमितहरु सबै होम आइसोलेसनमा रहेको गााउपालिकाले जनाएको छ । होम आइसोलेसनमा रहेका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको गााउपालिकाले जनाएको छ ।
त्यस्तै गरी गाँउपालिकाको १ जना धनकुटा जिल्ला अस्पतालको आइसोलेसनमा र एक जना धरान विजयपुर अस्पतालको आइसोलेसनमा रहेको गाउपालिकाले जनाएको छ । यसैवीच गाउपालिकाको जनप्रतिनिधिहरु ,कर्मचारी स्वास्थ्य कर्मिको टोलीले संक्रमित विरामीको घरमा पुगेर उनिहरुको स्वास्थ्य अवस्था बुझ्ने र स्वास्यथ्य परामर्श सहित स्वास्थ्य सामाग्री तथा खाने कुरा वितरण गर्दै आइरहेका छन् ।
त्यस्तै गरी भोलिदेखि प्रत्येक वडाकार्यलय मार्फत जनप्रतिनिधि,कर्मचारी र स्वास्थ्य कर्मीको टोलिले घरघरमा पुगेर स्वास्थ्य परामर्श सहित हात धुने साबुन , सेनिटाइजर , माक्स लगायतका सामाग्री वितरण गरिने गाउपालिकाका प्रशासकिय प्रमुख शाक्यले बताउनु भयो ।


