५५ घरपरिवारलाई खाद्यान्न तथा २ सय ४७ घरपरिवारलाई स्वास्थ्य सूरक्षा सामाग्री प्रदान

धनकुटा,जेठ २३ । साप्तिङटार आप्रवासी ग्रुपले धनकुटाको शहिदभूमी गाउँपालिका ७ का ५५ घरपरिवारलाई खाद्यान्न तथा २ सय ४७ घरपरिवारलाई स्वास्थ्य सूरक्षा सामाग्री प्रदान गरेको छ ।

साप्तिङटारमा जन्म भई हाल वैदेशिक रोजगार तथा अध्ययनको शिलशिलामा विदेशमा रहेका युवाहरुको सक्रियतामा संकलित २ लाख २५ हजार रकम मार्फत साविक आँखिसल्ला गाविस वडा नं २ हाल शहिदभूमी गाउँपालिका ७ का ५५ घरपरिवारलाई खाद्यान्न तथा २ सय ४७ घरपरिवारलाई स्वास्थ्य सूरक्षा सामाग्री प्रदान गरिएको साप्तिङटार आप्रवासी ग्रुपका संयोजक मिलन छिलिङ राईले जानकारी दिनुभयो ।

संयोजक मिलन छिलिङ, टेक वहादुर भण्डारी,अर्जुन विसी र निरज मगर लगायत साप्तिङटारका प्रबासीहरुको सक्रियतामा संकलित १५ सय किलो चामल,६० लिटर तेल, १ सय किलो दाल,११ सय थान कोरियन मास्क,२५ सय थान सर्जिकल मास्क,पीपीई २ सेट,थर्मल ग्लान ८ वटा, १ सय एमएलको २५० वोतल र छुट्टै ७७ लिटर स्यानिटाईजर उनिहरुलाई प्रदान गरिएको ग्रुपले जनाएको छ ।

८ वटा मध्ये एक एक वटा थर्मल गन भने सिद्धदेवी मावि र जलकञ्या वोडिङ स्कूललाई प्रदान गरिएको छ । कोरोना महामारीको वेला स्थानियलाई सहयोग पुर्याउने लक्षका साथ ती सामाग्री आज साजन राईको संयोजकत्वमा ती घरपरिवारलाई वितरण गरिएको ग्रुपले जनाएको छ ।

यो कार्यमा त्यहाँका पूर्ण राई, राम कुमार राई सहित स्थानिय युवाहरुको समेत समन्वय रहेको ग्रुपका संयोजक छिलिङले वताउनुभयो । विद्यालय लाग्न शुरु भए पछि मास्क र स्यानिटाइजर समेत विद्यालयलाई दिइने र गाउँलाई थग सहयोग गर्न अभियान जारी रहेको उहाँले वताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।