इञ्जा युरोपका महासचिव धिताललाई नेजस जर्मनीले अपमानजनक ,निकृष्ट शब्द तथा गालीगलौज गरेकोमा गम्भीर ध्यानाकर्षण

विजय थापा,अमेरिका । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रीय सञ्जाल (इञ्जा) युरोपले एक बिज्ञप्ती जारी गरि इञ्जा युरोपका महासचिव धिताललाई नेपाली जनसम्पर्क समिती जर्मनीले अपमानजनक ,निकृष्ट शब्द प्रयोग तथा गालीगलौज समेत गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाचारको विषयलाई लिएर नेजस जर्मनीले धम्कीपूर्ण विज्ञप्ती समेत निकालेको जनाएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रीय सञ्जाल (इञ्जा) युरोपका अध्यक्ष ददि सापकोटाद्वारा जारी गरिएको उक्त बिज्ञप्तिमा विज्ञप्तिको नाममा आफ्नो गल्ती कमजोरी ढाक्न पत्रकारमाथि अमुक पार्टीको छाप भिराइ दिएर, षडयन्त्रको पर्दाफास र सत्य नपचे पछिको कुण्ठा पोखिएको भनेको छ ।

गैर आवासीय नेपाली संघ, जनसम्पर्क समिति जर्मनी लगायत अहिलेको राजनीतिक तथा चुनावी परिस्थिलाई गम्भिर विष्लेषण गरी डीसी नेपालमा लेखिएको उक्त समाचारलाई लिएर पत्रकार धिताल माथि गलत आक्षेप लगाउँदै धम्कीपूर्ण शैलीमा उत्रनु नेपाली काग्रेस जस्तो पार्टिका भातृ संगठनका लागि पक्कै शोभनिय विषय होईन भनि जारी गरिएको बिज्ञप्तिमा जनाईएको छ ।

बिज्ञप्तिको पूर्ण पाठ जस्ताको त्यस्तै :

प्रेस विज्ञप्ति

समाचारको विषयलाई लिएर इञ्जा युरोपका महासचिव दीपक धिताललाई नेपाली कांग्रेसको प्रवासी भातृ संस्था नेपाली जनसम्पर्क समिती जर्मनीले अपमानजनक र निकृष्ट शब्द प्रयोग गर्दै गालिगलौज तथा धम्कीपूर्ण विज्ञप्ती निकालेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । विज्ञप्तिको नाममा आफ्नो गल्ती कमजोरी ढाक्न पत्रकारमाथि अमुक पार्टिको छाप भिराइदिएर, षडयन्त्रको पर्दाफास र सत्य नपचेपछिको कुण्ठा पोखिएको छ । पत्रकारमाथी यस किसिमले प्रस्तुत हुनु आफैंमा निन्दनीय, प्रजातान्त्रिक मूल्य मर्यादा, आचरणबिरुद्द र प्रेस विरोधी कदम हो ।

गैर आवासीय नेपाली संघ, जनसम्पर्क समिति जर्मनी लगायत अहिलेको राजनीतिक तथा चुनावी परिस्थिलाई गम्भिर विष्लेषण गरी डीसी नेपालमा लेखिएको उक्त समाचारलाई लिएर पत्रकार धिताल माथि गलत आक्षेप लगाउँदै धम्कीपूर्ण शैलीमा उत्रनु नेपाली काग्रेस जस्तो पार्टिका भातृ संगठनका लागि पक्कै शोभनिय विषय होईन । सामान्यतया प्रकाशित एवं प्रसारित समाचार प्रति कुनै असहमति भए सोही मिडियामा खण्डन गर्ने अन्तर्राष्ट्रिय प्रचलन र अधिकार हुँदा हुँदै, राजनीतिक पार्टी नेपाली कांग्रेसको भातृ संस्था जनसंपर्क समिती जर्मनीले समाचारको विषय लाई लिएर धम्कीको भाषा प्रयोग गर्नु भनेको सिंगो नेपाली प्रजातान्त्रिक विरासतलाई उपहास गर्नु हो । उल्लेखित समाचारमा कहिं कतै धार्मिक र जातीय कुरा गरिएको देखिँदैन । तर आफ्नै ढंगले विश्लेषण गरी समाचारलाई जातीय र धार्मिक रंग दिन खोजेर जनसम्पर्क समिती जर्मनीले मिलेर बसेको नेपाली समुदाय र एनआरएनए जर्मनीको आगामी अधिवेशनलाई कुन बाटोतर्फ लैजान खोजेको रहस्यमय छ ।

निर्भीक रुपमा सत्यतथ्य समाचार सम्प्रेषण गर्ने पत्रकारको कर्मलाई धम्कि र गालीगलौजले कुनै फरक पार्ने छैन । पत्रकार धिताल प्रति राखिएको दुर्भावको फेरी पनि घोर निन्दा गर्दै यस कार्यमा उत्रनेहरुले यो कदम गलत भएको र आगामी दिनमा यस प्रकारका गल्ती गर्ने छैनौ भनि माफि माग्न यस संस्था गम्भीर आग्रह गर्दछ । अब उप्रान्त यस प्रकारका गतिविधी जारी रहेमा सम्बन्धित मुलुकको कानून बमोजिम पत्रकार धितालको सुरक्षाको निम्ति आवश्यक कानूनी सहयोग खोज्न संस्था अघि बढ्ने सम्बन्धित सबैमा जानकारी गराउँछु ।

बोधार्थ :

विभिन्न देशका जनसम्पर्क समितिहरु
नेपाली काग्रेस केन्द्रिय कार्यालय, सानेपा ललितपुर
नेपाली कांग्रेस विदेश विभाग, सानेपा, ललितपुर
नेपाली दुतावास, बर्लिन जर्मनी

अध्यक्ष ददि सापकोटा
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रीय सञ्जाल (इञ्जा) युरोप
०६ जून २०२१
पेरिस, फ्रान्स

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।