आज सम्म धनकुटामा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या ७ सय ३१
धनकुटा । आज सम्म धनकुटामा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या ७ सय ३१ पुगेको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको तथ्यांक अनुसार जिल्लाका ३ सय ४ महिला र ४ सय २७ पुरुषले कोरोनालाई जितेर डिस्चार्ज भएका हुन् ।
आज साढे ३ वजे सम्मको तथ्यांक हेर्दा जिल्लाका २७ जना आईशोलेसनमा र ४ सय ५४ जना होम आईशोलेसनमा उपचाररत रहेका छन् ।
जिल्लाका एक जना संक्रमितको हिजो निधन भए सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि भई जिल्ला मै र उपचारको क्रममा अन्य स्थानमा निधन भएकाहरुको जम्मा संख्या १७ पुगेको जिल्ला प्रशासन कार्यलय धनकुटाले जनाएको छ ।


