पाख्रीबास नगरपालिकाका थप १६ जनामा कोरोना पोजेटिभ
धनकुटा । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको आधारभूत अस्पतालमा आज गरिएको कोभिड एन्टिजेन परिक्षण अनुसार १४६ जनामा १६ जनाको पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।
नपा अन्तर्गतका १० वटै वडामा हिजो सम्पन्न गरिएको कोभिड-१९ एन्टिजेन परीक्षणमा ३ सय ९५ जनामा परिक्षण गर्दा १ सय २ जनामा पोजेटिभ रिपोर्ट आएको थियो ।
गरिएका परिक्षणमा छुटेका र त्यसपछि परिक्षण गर्न चाहनेहरुका लागि आज पाख्रीबास नगरपालिका तथा पाख्रीबास आधारभूत अस्पतालले पु:न एन्टिजेन परिक्षण गराएको हो ।


