नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्षलाई कोरोना संक्रमण पुष्टि

प्रेस युनियनले लियो संक्रमित सञ्चारकर्मीको स्वास्थ्यवस्थाको वारेमा जानकारी

धनकुटा,जेठ २५ । नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष तथा नेपाल प्रेस युनियन धनकुटा शाखाका अध्यक्ष हिमा चेम्जोङ्गलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमवार जिल्लामा गरिएको एन्टिजेन परिक्षणको क्रममा उहाँलाई कोरोना पोजेटिभ देखिएको नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

यो सँगै कोरोनाको दोश्रो लहर शूरु भएयता धनकुटा जिल्लामा कोरोना संक्रमित हुने क्रियाशील पत्रकारहरुको संख्या ५ पुगेको छ । ती मध्ये तीन जना निको भैसकेको र दुई जना अहिले होम आईशोलेसनमा उपचाररत रहेको नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरी वहादुर लम्जेलले जानकारी दिनुभयो ।

यसैवीच नेपाल प्रेस युनियन धनकुटाले संक्रमित पत्रकाहरुको स्वास्थ्य स्थितिको वारेमा जानकारी लिएको छ । कोराना संक्रमण पुष्टि भएका नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद तथा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका कार्यकारी सदस्य विजय शेखर श्रेष्ठ लगायत सञ्चारकर्मीको घर-घरमा गई नेपाल प्रेस युनियन धनकुटा शाखाले स्वास्थ्यवस्थाको वारेमा जानकारी लिई स्वास्थ्य लाभको कामना गरेको नेपाल प्रेस युनियन धनकुटाका कोषाध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटाका सह-सचिव पूर्ण चौधरीले वताउनु भयो ।

संक्रमितहरुको स्वास्थ्यवस्था वुझ्न नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका प्रचार विभाग प्रमुख एवम् सचिव विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटा शाखाका निर्वतमान अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद राजेश्वर वहादुर श्रेष्ठ,नेपाल प्रेस युनियन धनकुटा शाखाका कोषाध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटाका सह-सचिव चौधरी लगायतका पत्रकारहरु संक्रमित विरामीको घरघरमा पुगेका थिए ।

सोही अवसरमा स्वास्थ्य तथा सूरक्षित समाग्री, पोषिलो खाना भिटामिनहरु प्रदान गरिएको थियो । संक्रमित सञ्चारकर्मीको स्वास्थ्यवस्थाको वारे जानकारी लिदै नेपाल पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्ष समेत रहनु भएका नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष राईले उनिहरुको उपचारमा सहयोग गर्ने वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖