धनकुटामा थप ३२ जना कोरोना संक्रमण पुष्टि
धरान लॉंदै गर्दा १ को नि'धन
धनकुटा । धनकुटामा थप ३२ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा पछिल्लो पटक गरिएको पिसिआर परिक्षणको क्रममा ६ जनामा र एन्टिजेन परिक्षणको क्रममा २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
पिसिआर परिक्षणमा धनकुटा नगरपालिकाका ३,पाख्रीवास नगरपालिका १, छथरजोरपाटी गाउँपालिकाका १ र सॉंगुरीगढी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै एन्टिजेन परिक्षणमा पाख्रीवास नगरपालिकाका १६ र धनकुटा नगरपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।
साथै एन्टिजेन परिक्षणको क्रममा एक जनाको पोजिटिभ नतिजा आई धनकुटा अस्पतालबाट रिफर गरी धरान लादै गर्दा वाटोमा नै मृ त्यु भएको तर रेकर्ड नभएको केश पनि रहेको प्रमुख गुरागाईले वताउनुभयो ।
उहाँका अनुसार सोमवार साँझ जिल्लामा कोरोनालाई जित्दै ५७ जना डिस्चार्ज भएका छन् । अहिले सकृय संक्रमित ५ सय ७ रहेकोमा होम आईसोलेसनमा ४८६ आईसोलेसन २१ जना उपचाररत छन् ।


