छथरमा थपिए २ हप्तामा नयाँ ५३ संक्रमित ! पुग्यो १११ संक्रमित,एउटै वडामा ६२ जना

नारायण कुमार राई/ धनकुटा २५ जेठ । छथर जोरपाटी गाउँपालिका धनकुटामा कोरोना संक्रमितको संख्या दुई हप्ताको अन्तरालमा ५३ जना थपिएर १११ पुगेको छ ।

      
जेठ ४ देखि २१ गते सम्म १७ दिन भित्र गरिएको १२५ जनाको स्वाब परिक्षणमा संक्रमित थपिएर उक्त संख्या पुगेको हो । बैसाख देखि जेठ ४ गते सम्म १६६ जनामा गरिएको स्वाब परिक्षणमा ५८ जना संक्रमित रहेको थियो ।

       जेठ ४ पछि २१ गते सम्ममा १२५ जनामा स्वाब तथा एनटीजेन(किट) परिक्षण गरिएको थियो ।

       हाल सम्म कुल २९१ जनामा गरिएको परिक्षणमा ६६ जना पुरुष र ४५ जना महिला संक्रमित रहेको स्वास्थ्य संयोजक सुन्दरमान डंगोलले जानकारी दिनुभयो ।

       जसमा ५० जना होम आईसोलेसनमा रहेका छन् । ५६ जना निको भएका छन् भने बिर्तामोड,धुलिखेल र कोभिड अस्पतालमा जोरपाटीमा १/१ जनाको उपचार भईरहेको छ । २ जनाको मृ त्यु भएको छ ।

       ६ वटा वडा रहेको पालिकामा वडा नं. १ मा संक्रमितको संख्या शुन्य रहेको छ भने सबैभन्दा धेरै वडा नं. ६ को सिंधुवा बजारमा ६२ जना संक्रमित रहेका छन् ।

       वडा नं. २ मा १९ जना,३ मा ११ जना,४ मा १२ जना र वडा नं. ५मा ७ जना संक्रमित रहेको पालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।