धनकुटामा कोरोनाका कारण १ महिनामा एकै परिवारका ३ जनाको मृ’त्यु
धनकुटा,२५ जेठ । धनकुटामा १ महिनाको अन्र्तरमा कोरोना संक्रमणका कारण एकै परिवारका ३ जनाको मृ त्यु भएको छ ।
धनकुटा नगरपालिका वडा न ६ का एकै परिवारका आमा, छोरा र छोरीको मृ त्यु भएको हो ।
बैशाख २५ गते छोरी बिजयाश्री श्रेष्ठ ,जेठ १८ गते आमा सौभाग्यवती श्रेष्ठ र छोरा विश्वप्रकाश श्रेष्ठको आज कोरोना संक्रमण पछि उपचारको क्रममा मृ त्यु भएको छिमेकी तथा नेपाल पत्रकारमहासंघ धनकुटाका निर्वतमान अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले जनकारी दिनु भयो ।
स्वर्गिय श्रेष्ठ नेपाल राष्ट्रिय अभिभावक संघ,धनकुटाका सल्लाहकार,२०५४ सालको स्थानीय निर्वाचनमा धनकुटा नगरपालिकाका मेयरका प्रत्यासी,तरुण दल धनकुटाका संस्थापक अध्यक्ष,धनकुटा क्याम्पसका प्राद्यापक संघका पुर्व सभापति समेत श्रेष्ठ हुनुहुन्थो ।


