८० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान
धनकुटा । नेपाल तरुण दलका पूर्व केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस धनकुटाका युवा नेता कमोट फागोले धनकुटाको चौविसे, सहिदभूमि र साँगुरीगढी गाउँपालिकाका पार्टी सभापतिहरुलाई ८० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ ।
पछिल्लो चरण धनकुटा जिल्लामा कोरोना भाइरस गाउँगाउँमा तिव्र फैलिदै गएपछि यसको रोकथाममा टेवा पुराउने उद्देश्यले स्वास्थ्य सूरक्षा सामाग्री प्रदान गरिएको युवा नेता फागोले बताउनु भयो ।
चौविसे गाउँपालिकामा युवा नेता फागाेद्वारा सर्जिकल मास्क ३ हजार थान,सेनिटाइजर १ सय ५० एमएलको १ सय थान,भिटामिन सि २०० फाइल,सिटामोल १ सय फाइल, अक्सिमिटर ७ थान र १० लिटर स्यानिटाईजर प्राप्त भएको चौविसे गाउँपालिकाका पार्टी सभापति बिजु राईले बताउनु भयो ।
महामारीको विषम परिस्थितिमा प्राप्त भएको स्वास्थ्य सामाग्री चौविसे गाउँपालिका १ देखि ८ वटै वडामा वितरण गर्न आफै लागि परेको सभापति राईले बताउनु भयो ।सभापति राईले यस अघि पनि चौबिसे गाउँपालिकाका कोरोना संक्रमितहरूलाई घर घरैमा गएर स्वास्थ्य सूरक्षा सामाग्री प्रदान गर्नु भएको थियो ।
त्यस्तै युवा नेता फागोले सहिदभूमि गाउँपालिकाका संक्रमितहरुका लागि पनि स्वास्थ्य सूरक्षा सामाग्री वितरण गरिएको जानकारी दिनु भयो । सहिदभुमिमा उहाँबाट सर्जिकल मास्क १ हजार २ सय थान,१ सय ५० एमएलको सेनिटाइजर १ सय थान,एक ग्यालेन सेनिटाइजर ५ लिटर,अक्सिमिटर ३ थान,पखाला लाग्दा खाने औषधी जिङ्क २ बट्टा ,ज्वरो आउदा खाने सिटामोल २ सय फाइल,भिटामिन सि १ सय फाइल प्राप्त भएको सहिदभुमि गाउँपालिकाका सभापति तिर्थ राईले वताउनु भयो ।
फागोद्वारा प्राप्त स्वास्थ्य सामाग्री सहिदभूमि गाउँपालिकाको संक्रमित वडाहरूमा वितरण गरिने सहिदभूमि गाउँपालिकाका पार्टी सभापति राईले बताउनु भयो । सभापति राईले यसअघि नै सहिदभूमि गाउँपालिकामा १ लाख ३१ हजार बराबरको स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरि सक्नु भएको छ ।


