धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४ सय ८१ जना
धनकुटा,२५ जेठ । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४ सय ८१ रहेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यलय धनकुटाले आज सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी गराइएको हो । जस अनुसार आज ३१ जनामा संक्रमण पुष्टि भएको छ भने २४ जना कोरोना संक्रमण मुतm भएको जनाईएको छ ।
४ सय ५८ जना होम आइसोलेसनमा रहेका छन् भने १२ जना संस्थागत आइसोलेसनमा र ११ जना अस्पतालमा उपचारार्थ रहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी वाशुदेव दाहालद्धरा जारी गरिएको विज्ञप्ती उल्लेख गरिएको छ ।



