पाख्रीबास नगरपालिकाका ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकहरुलाई कोरोना भाईरस विरुद्ध पहिलो मात्र खोप लगाउने तयारी
पाख्रीबास नगरपालिकामा कुन दिन लगाईंदै ?
धनकुटा । यही जेष्ठ २७ र २८ गते धनकुटा जिल्लाका ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकहरुलाई कोरोना भाईरस विरुद्ध पहिलो मात्र खोप लगाउने तयारी गरिएको छ ।
नेपाल सरकारले छिमेकी मुलुक चिनबाट सहयोग स्वरुप प्राप्त गरेको भेरोसेल नामक खोप जिल्लाका उल्लेखित उमेर समूहका नागरिकलाई लगाउने तयारी गरिएको हो ।
सोही अनुसार धनकुटाको पाख्रीवास नगरपालिकाले पनि नगरवासीलाई सो खोप लगाउनका लागि पाख्रीवास आधारभूत अस्पतालमा उपस्थित हुन आह्वान गरेको छ ।
जेष्ठ २७ र २८ गते विहान ठीक ११ देखी अपराहन्न ४ वजे सम्म लक्षित उमेर समूहका नागरिकलाई खोप लगाईने नगरको स्वास्थ्य शाखाले जनाएको छ । त्यसैगरि ३ सय जनालाई खोप लाउन सकिने गरि खोप प्राप्त भएको नपाका स्वास्थ्य प्रमुख मोहम्मद इस्माइलले बताउनु भयो ।
खोप लगाउन आउँदा पाख्रीवास नगरपालिकामा वसोवास गरेको परिचय पत्र नागरिक्ता,जेष्ठ नागरिक,मतदातासवारी चालक अनुमती पत्र वा वसाई सराई प्रमाण पत्र मध्ये एक परिचय पत्र अनिवार्य ल्याउनु पर्ने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इस्माइलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
परिचय पत्र नल्याई आउने र तोकिएको स्थानमा खोप लगाउन नआउनेहरुलाई भने खोप सेवा उपलब्ध नहुने पनि सूचनामा स्पष्ट पारिएको छ ।
पहिलो मात्राको खोप लगाउनेहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट दोश्रो डोज खोप प्राप्त भएपछि पून लगाईने सूचनामा उल्लेख छ ।



