धनकुटाका किसानले अझै पाएनन् क्षतिपूर्ति

धनकुटा,२६ जेठ । यही बैशाख १ र २ गते परेको असिनापानीका कारण तरकारी र फलफूल लगायतको बालि नष्ट भउको धनकुटाको छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका दूई महिना बित्न लाग्दा समेत क्षेतीपूर्ति पाएका छैनन् ।

किसानले लगाएको ४८ करोड रुपैयाँको फलफूल र तरकारीबाली नष्ट भएको विवरण त्यहाँका कृषि शाखाले सार्वजनिक गरेका थिए ।

त्यस लगत्तै स्थानीय, प्रदेश र संघिय सरकारका प्रतिनिधि, जिल्लामा कृयाशिल राजनैतिक दलका नेता राहत र क्षतिपूर्ती उपलब्ध गराउने भन्दै पिडित किसानका खेतबारी पुगेर मल–बीउ र सहुलियत कर्जाका साथै फलफूल र तरकारीबालीमा भएकोको क्षेतीको क्षेतीपूर्ति उपलब्ध गराउन पहल गर्ने आश्वासन दिएका थिए तर किसानले भने दुइ महिना बित्न लाग्दा समेत राहत तथा क्षतिपूर्ती पाएका छैनन् ।

असिनाले गरेको क्षती र प्रभावित किसानको विवरण टिपेर हिँडेका सरकारी प्रतिनिधि त्यसपछि किसानको सम्पर्कमै नरहेको अगुवा कृषक मेघेन्द्र गुरुङ्गले बताउनु भयो ।

प्रभावित किसानलाई राहत र क्षेतिपूर्ती उपलब्ध गराउन स्थानीयतहले प्रदेश र संघिय सरकार लाई क्षेतीको विवरण सहित माग गरिए पनि अहिले सम्म प्रदेश र संघिय सरकारका बिभागीय मन्त्रालयले राहत र जवाफ केहि नदिएको छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले बताए ।

उनले भने क्षेतीको परिमाण धेरै ठूलो भएकोले स्थानिय सरकारले मात्र क्षेती पूर्ति दिन नसक्ने भएकोले केन्द्र र प्रदेश सरकार संग क्षेतीको सबै विवरण पठाएका छौ तर अहिले सम्म केहि राहत आएको छैन् ।

असिना पानीका कारण यी क्षेत्रमा लगाईको बन्दा कोपी, फूलकोपी, साग, आँप लिची लगायतका फलफूल ९० प्रतिशत नष्ट भएको थियो भने टनेल खेतिमा समेत ठूलो क्षेती भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।