पत्रकार महासंघ धनकुटा शाखाले लियो कोरोना संक्रमित पत्रकारहरुको स्वास्थ्यवस्थाको वारेमा जानकारी
धनकुटा,जेठ २६ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले आज कोरोना संक्रमित पत्रकारहरुको स्वास्थ्यवस्थाको वारेमा जानकारी लिएको छ ।
नेपाल पत्रकार महासंघ प्रदेश १ का प्रदेश कार्य समितिका महिला उपाध्यक्ष हिमा चेम्जोङ सहित अन्य पाँच जना पत्रकाहरुको स्वास्थ्य स्थितिको वारेमा घरघरमा पुगेर महासंघले जानकारी लिएको हो ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाको टोलीले महासंघका प्रदेश उपाध्यक्ष चेम्जोङ सहित पाच जना पत्रकाहरुको घर घरमा गई उनिहरुको स्वास्थ्यवस्थाको वारेमा जानकारी लिदै स्वास्थ्य सूरक्षा सामाग्री र केही पोसिलो खानेकुराहरु उपलब्ध गराएको टोलिले जनाएको छ ।
हाल नेपाल पत्रकार महासंघ प्रदेश १ प्रदेश कार्यसमितिका महिला उपाध्यक्ष हिमा चेम्जोङ, महासंघ धनकुटा शाखाका कार्यकारी सदस्य विजय शेखर श्रेष्ठ र सदस्य निशु सुब्बा कोरोना संक्रमित भई होम आईशोलेसनमा चिकित्सकहरुको परार्मशमा उपचाररत रहेको महासंघका सचिव हरि वहादुर लम्जेलले वताउनुभएको छ ।
नेपाल दलित पत्रकार संघका १ नं प्रदेश अध्यक्ष तथा धनकुटा शाखाका सदस्य नैन विश्वकर्मा र नेपाल पत्रकार महासंघ धनकुटाका सदस्य प्रेमा मादेम्मा हालै मात्र कोरोना मुक्त भएको जनाईएको छ ।
टोलिमा पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई,नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष विजय सन्तोषी राई,पूर्व अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष विदुर खवास,सचिव हरी वहादुर लम्जेल,सहसचिव पूर्ण कुमार चौधरी,पूर्व कोषाध्यक्ष नारायण कुमार राई लगायतको सहभागिता थियो ।
यसअघि नेपाल प्रेस युनियन धनकुटा शाखाको तर्फबाट पनि संक्रमित पत्रकारहरुको घर घरमा उनिहरुको स्वास्थ्यवस्थाको वारेमा जानरी लिई स्वास्थ्य सूरक्षा सामाग्री तथा पोसिलो खानेकुरा प्रदान गरिएको महासंघका सहसचिव तथा नेपाल प्रेस युनियनका कोषाध्यक्ष पूर्ण कुमार चौधरीले वताउनु भएको छ ।


