धनकुटामा पहिलो दिन ४ सय ७० ले कोभिड विरुद्धको भेरोशिल खोप लगाए

धनकुटा,२७ जेष्ठ । धनकुटा जिल्लामा आज पहिलो दिन ४ सय ७० जनाले कोभिड विरुद्धको भेरोशिल खोप लगाएका छन ।

धनकुटा जिल्लाको ७ वटा पालिकाकाको सात वटा खोप केन्द्रमा पहिलो दिन ४ सय ७० जनाले कोभिड विरुद्धको भेरोशिल खोप लगाएको धनकुटा स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुरागाईले वताउनु भयो ।

पहिलो चरणको खोप लगाई सकेकाकोलाई दोस्रो चरणको खोप र ६० बर्ष देखी ६२ बर्ष सम्मका उमेर समुहकाले गरी जम्मा ४ सय ७० जनाले पहिलो दिन कोभिड विरुद्धको खोप लगाएको र भोली २८ गते पनि सात वटै खोप केन्द्रमा खोप लगाउनु अभियान संचालन गरिने धनकुटा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुरगाईले वताउनु भयो ।
धनकुटा जिल्लामा स्वास्थ्यकर्मी, सफाईकर्मी,एम्बुलेन्स चालक र पहिलो चरणमा लगाएकालाई दोस्रो चरणको खोप लगाएको समेत धनकुटा स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धनकुटामा संचालन भएको कोरोना विरुद्धको खोप लगाउने अभियानको आज धनकुटा अस्पताल विकास समितिका सदस्य तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई लगायतका पदाधिकारीहरु र पत्रकाहरुले समेत अनुगमन गर्नु भएको थियो ।

धनकुटा जिल्लाभरी कोभिड विरुद्धको खोप लगाउने अभियानमा जिल्लाभरीनै सक्रियताका साथ धनकुटा स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुराईले नेतृत्व गरी समन्वय गर्नु भएकोले जिल्लाभरी सहजताका साथ खोप अभियान संचालन भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।