कोरोना अस्पताल तथा आईशोलेसन सेन्टर धनकुटाको निरिक्षण तथा अवलोकन पछि छलफल कार्यक्रम सम्पन्न

धनकुटा,२७ जेष्ठ । धनकुटामा संचालन भैरहेको कोरोना अस्पताल तथा आईशोलेसन सेन्टर धनकुटाको आज निरिक्षण तथा अवलोकन पछि छलफल कार्यक्रम सम्पन्न भएकाो छ ।

धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माको सक्रिय नेतृत्वमा उत्कृष्ट ढंगबाट संचालन भैरहेको धनकुटा कोभिड अस्पताल तथा धनकुटा आईशोलेसन सेन्टरको आज धनकुटा उद्योग बािणज्य संघका अध्यक्ष विजय सन्तोषी राइ,सचिव श्रीराम रायमाझी लगायतका पत्रकारसहितको टोलीले प्रत्यक्ष रुपमा निरिक्षण तथा अवलोकन गरी चिकित्सक,स्वास्थ्यकर्मी,कोभिड विरामीहरु र विरामीका भिजिटरहरुसंग छलफल गरेको हो ।

धनकुटा उद्योग बाणिज्य संघका टोलीसंग सो अवसरमा धनकुटा अस्पतालका प्रमुख डां पुजन विश्वकर्माले छलफल गर्दै अहिले धनकुटा कोभिड अस्पताल र धनकुटा आईशोलेसन सेन्टरबाट भैरहेको सेवाको वारेमा जानकारी दिनु भयो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले धनकुटा कोभिड अस्पताल तथा आईशोलेसन सेन्टर धनकुटाबाट भैरहेको सेवा प्रवाहलाई अझ राम्रो ढंगबाट संचालन गर्न सहयोग र समन्वय गर्ने चिकित्सक,स्वास्थ्यकर्मी,कोभिडका उपचारत विरामीहरु र विरामीका कुरुवाहरुलाई जानकारी दिदै विश्वास दिलाउनु भयो ।

धनकुटा कोभिड अस्पताल तथा आईशोलेसन सेन्टर धनकुटा औद्योगिक ग्राममा अहिले ११ जना र कोभिड आकस्मिक कक्ष धनकुटा अस्पतालमा ११ जना गरी जम्मा २२ जना कोरोना संक्रमित विरामीहरु उपचार गराईरहेका छन ।

धनकुटा कोभिड अस्पतालमा धनकुटा अस्पतालका प्रमुख डा.पुजन विश्वकर्मा सहितको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट राम्रो उपचार भैरहेकाले धनकुटा जिल्लाका अवला तेह्थुम,संखुवासभा,भोजपुर जिल्लाबाट समेत कोरोना संक्रमितहरु उपचारका लागी आउनु गरेका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।