धनकुटामा निशेधाज्ञा उल्लंघन गर्ने ९० जना मानिस र ६० वटा सवारी साधनलाई गरिएको जरिवाना बाट ३२ हजार ८ सय रुपैयाँ राजश्व संकलन
धनकुटा,२८ जेठ । कोरोना संक्रमण रोकथाम गर्न भन्दै जिल्ला प्रसाशन कार्यलय धनकुटाले यही बैशाख २२ गते राती बाट धनकुटा जिल्लामा लागुगरेको निशेधाज्ञाको समयमा अनाआबश्यक रुपमा स्वाथ्य मापदण्ड बिपरित हिड्ने र निषेधाज्ञाको उल्लंघन गर्ने ९० जना मानिस र ६० वटा सवारी साधनलाई कारवाही गरिएको छ ।
संक्रामक रोग ऐन २०२० र कोभिड संकट व्यावस्था अध्यादेश २०७८ बमोजिम नगद जरिवाना गरि ३२ हजार ८ सय रुपैयाँ राजश्व संकलन गरेको साथै यस अबधीमा ४ हजार १२ जना मानिस र २ हजार ६५ वटा सवारी साधन लार्य सम्झाई बुझाई छाडिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
धनकुटा जिल्लाभरी लागू हुने गरि जारी भएको निशेध आदेशको कार्यान्वयन गर्ने क्रममा हालको मितिसम्म जिल्ला प्रहरी कार्यालय धनकुटाद्वारा ३५ वटा तपाईंको मास्क खोईकार्यक्रम अन्तर्गत ४ हजार ८ सय १७ थान मास्क वितरण गरि सकेको समेत जनाइएको छ ।


