धनकुटाका थप ३३ जना आज कोरोना मुक्त
जेष्ठ २८, धनकुटा ।आज धनकुटाका ३३ जना कोरोना मुक्त भएका छन् ।
यो सँगै जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ सय ४२ पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
केन्द्रको आज ३ वजे सम्मको तथ्यांक हेर्दा पछिल्लो पटक १४ संक्रमित थपिएका छन् । भने हाल जिल्लामा ४ सय ५९ जना सक्रिय संक्रमित रहेका छन् ।
ती मध्ये १२ जना संस्थागत र ४ सय ३६ जना होम आईशोलेसनमा उपचाररत रहेको केन्द्रले उल्लेख गरेको छ ।


