खोले खुवाएको एकछिनमै यत्ति धेरै आफ्नो पशु-चौपाया यस्तो भएपछि …
धनकुटा,जेठ २९ । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं १० का एक स्थानियले आफ्नो एकै पटक धेरै पशुचौपाया म’र्दा नो’क्सानी वेहोर्नु परेको छ ।

स्थानिय वासु पोखरेलको एकै पटक एक भैंसी, एक गाई,दुई खसी,दुई वाख्रा सहितका पशुचौपाया म र्दा दुईलाख वढीको नोक्सान वेहोर्नु परेको हो । खोले खुवाएको एकैछिनमा ती पशुचौपाया दुईदिन अघि म रेका हुन् ।
अघिल्लो दिन वेलुकी पकाएर राखेको खोले (कुँडो) विहान खुवाउदा अकस्मात ती पशुहरु म रेको पाईएको पाख्रीवास नगरपालिका १० का वडाध्यक्ष हरि वहादुर खत्रीले वताउनु भयो । उहाँका अनुसार ती पशुहरु म र्दा करिब २ लाख १० हजार वढीको नोक्सान भएको अनुमान गरिएको छ ।

त्यसअघि पनि उसरी नै खुवाईदै आएको खोले त्यो दिन खुवाउदा किन,के भएर कसरी म र्यो भन्ने कुरा वुझ्न पशु प्राविधिक सहित छिमेकी बोलाएर हेरिएको थियो । त्यसरी हेर्दा पकाएर राखेको खोलेमा कसैले गलत नियतका साथ वि ष मिसाईदिएको हुन सक्ने आशंका गरिएको पशु प्राविधिक गोरख तामङले वताउनुभयो ।
उहाँले भन्नुभयो “पकाएर राखिएको खोले हेर्दा माथिबाट केही फरक खालको तर देखिएको थियो । जुन सामान्य खोलेको तर भन्दा फरक थयो ।“ घटनाको वारे थप वुझ्न प्रहरी कार्यलयमा उजुरी दिईएको वडाध्यक्ष खत्रीले वताउनुभयो ।
(तस्विर: पशुप्राविधिक तथा पाख्रीवास नगरपालिका पशु सेवा शाखा प्रमुख गोरख तामाङको सहयोगमा)


