धनकुटाका थप एक जना संक्रमित महिलाको आज निधन
धनकुटा,जेठ २९ । धनकुटाका थप एक जना कोरोना संक्रमित महिलाको आज निधन भएको छ ।
कोरोना संक्रमण पुष्टि भई विराटनगर नोवेल हस्पिटलमा उपचाररत धनकुटा नगरपालिका १ की ४९ वर्षकी महिलाको निधन भएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
उहाँलाई गएको जेष्ठ १९ गते कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।


