खाना- खाजा प्याक गर्न हट वक्सका साथ स्वास्थ्य समाग्री र वरिपरिका वासिन्दाहरुलाई माक्स वितरण

धनकुटा,जेठ २९ । धनकुटामा सञ्चालित कोभिड अस्पताल तथा धनकुटा आईशोलेसन सेन्टर औद्योगिक ग्राममा खाना- खाजा प्याक गर्न हट वक्सका साथ स्वास्थ्य समाग्री र वरिपरिका वासिन्दाहरुलाई माक्स वितरण गरिएको छ ।

धनकुटा कोभिड अस्पताल तथा आईशोलेशन सेन्टरका कोरोना संक्रमित विरामीहरु र विरामीका भिजिटर, स्वास्थ्यकर्मीलाई खान र खाजा खुवाउनका लागि धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले खाना र खाजा प्याक गर्ने हट बक्स लगायत स्वास्थ्य सूरक्षा समाग्रीहरु आईशोलेसन सेन्टरमा प्रदान गर्नु भएको हो ।

घरबाट तयार गरी भाडा वर्तनमा बोकेर आईशोलेसन सेन्टरमा खाना खाजा लगेर थाल, प्लेटमा पस्किएर दिन दैनिक समस्या भैरहेकोले स्वास्थ्यकर्मी,विरामीहरु र विरामकिा भिजिटहरुका लागि खाना प्याक गरेर सजिलो संग खाना तथा खाजा खुवाउन सहज होस् भनेर हट प्याक बक्स प्रदान गरिएको कांग्रेस सचिव राईले वताउनु भयो ।

कोभिड अस्पताल तथा आईशोलेसन सेन्टरमा रहेका विरामी र विरामीका भिजिटर, ,चिकित्सक तथा स्वास्थ्य कमीहरु संग समेत भेटघाट एवम् छलफल गर्दै उहाँले ती समाग्री प्रदान गर्नुभउको हो । साथै उहाँले धनकुटा कोभिड अस्पताल तथा आईशोलेसन सेन्टर वरिपरीका केही नागरिकहरुलाई समेत माक्स तथा स्वास्थ्य समाग्री प्रदान गर्नु भएको थियो ।

छलफलको क्रममा आईशोलेसनमा रहेका संक्रमितहरुको नियमित उपचार भैरहेकोले उनिहरुको स्वास्थ्यमा क्रमश सुधार हुदै आएको भन्दै केहीलाई अक्सिजन समेत लगाउनु परेको धनकुटा आईशोलेसन सेन्टरमा कार्यरत स्टार्फ नर्स श्रीजु शंकर वताउनु भयो ।

हाल धनकुटा कोभिड अस्पताल तथा धनकुटा आईशोलेसन सेन्टरमा १२ जना र धनकुटा कोभिड आकस्मिक कक्ष धनकुटा अस्पतालमा ११ जना कोरोना संक्रमितहरु उपचाररत रहेको अस्पताल प्रमुख डा पुजन विश्वकर्माले वताउनु भयो ।

धनकुटा आईशोलेसन सेन्टर तथा कोभिड अस्पताल धनकुटा औद्योगिक ग्राममा धनकुटा अस्पतालका प्रमुख डा विश्वकर्मा सहित स्टार्फ नर्स श्रीजु शंकर लगायतको टोलीले संक्रमित विरामीहरुको नियमति उपचार गरिरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।