युवा नेता फागोद्वारा धनकुटाका यी पालिकाका पार्टी सभापतिहरुलाई १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान
जेष्ठ २९,धनकुटा । नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस धनकुटाका युवा नेता कमोट फागोले आज धनकुटाको महालक्ष्मी नगरपालिका,पाख्रीवास नगरपालिका,छथरजोरपाटी तथा साँगुरीगढी गाउँपालिकाका पार्टी सभापतिहरुलाई १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ ।

सेवा नै धर्म हो भन्ने उद्देश्यका साथ कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको नेपाल तरुण दल पूर्व केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस धनकुटाका युवा नेता फागोले जानकारी दिनु भयो ।
छथरजोरपाटी तथा साँगुरीगढी गाउँपालिकामा सर्जिकल मास्क २र२ हजार थान,सेनिटाइजर १ सय ५० एमएलको १,१ सय थान,भिटामिन सि १,१ सय फाइल,सिटामोल १०,१० फाइल,अक्सिमिटर २,२ थान र सेनिटाइजर ५ लिटरे १,१ ग्यालेन प्रदान गरिएको छ ।

त्यसैगरि महालक्ष्मी नगरपालिका र पाख्रीवास नगरपालिकालाई समेत सर्जिकल मास्क २,२ हजार थान,सेनिटाइजर १ सय ५० एमएलको १,१ सय थान,भिटामिन सि १,१ सय फाइल,सिटामोल १०,१० फाइल, अक्सिमिटर २,२ थान र सेनिटाइजर ५ लिटरे १,१ ग्यालेन प्रदान गरिएको नेपाली कांग्रेसका युवा नेता फागोले वताउनुभयो।
महालक्ष्मी नगरपालिकाका वडा नं ९ का सभापति प्रेम प्रसाद ढकाल,पाख्रीवास नगरपालिका नेपाल तरुण दलका उपसभापति तथा वडा नं ३ का सभापति चन्द्र लिम्बू, छथरजोरपाटीका सभापति छत्र सुब्बा, साँगुरीगढी गाउँपालिकाका लागि नेपाली कांग्रेस जिल्ला सदस्य नेपालधन राईलाई उल्लेखित स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको उहाँले बताउनु भयो ।
यसअघि नेपाली कांग्रेस धनकुटाका युवा नेता फागोद्वारा सहिदभूमि र चौबिसे गाउँपालिकाकालाई स्वास्थ्य सामाग्री प्रदान गरिसक्नु भएको छ ।


