मन्दिर स्तरोन्तिका लागि प्रहरीको सहयोग
धनकुटा,३० जेठ । धनकुटाको ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको धनकुटा नगरपालिका ६ मा रहेको निशान भगवती मन्दिर स्तरोन्नतिका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाले आर्थिक सहयोग प्रदान गरेको छ ।

मन्दिरमा तामाको छाना र भितामा तेलिया ईटाँ लगाउनका लागि जिल्ला प्रहरी कार्यलय धनकुटा र मातहतका कार्यालयका प्रहरी कर्मचारीहरुबाट संकलन भएको आर्थिक सहयोग जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख गोविन्द अधिकारीबाट निशान भगवती मन्दिर मुल समितीका संरक्षक संयोजक नेपाली सेनाका प्रमुख सेनानी भगवान थापा मगरको उपस्थितीमा मुल समितीका अध्यक्ष जनार्दन घिमिरेलाई संकलित रकम १ लाख ६९ हजार २ सय ५५ रुपैयाँ हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।


