जनता बचाउ अभियान शुरु ! कोरोना संक्रमितहरुलाई पोषिलो खानेकुरा तथा स्वास्थ्य सुरक्षा सामाग्री वितरण गर्दै

धनकुटा । धनकुटा नगरपालिका वडा नं ६ वडा समितिले आज वडाका कोरोना संक्रमितहरुलाई पोषिलो खानेकुरा तथा स्वास्थ्य सूरक्षा सामाग्री वितरण गर्दै जनता बचाउ अभियान शुरु गरेको छ ।

कोरोना संक्रमितहरुलाई कोरोना भाईरसका कारण कमजोर बनाएकाले धनकुटा नगरपालिका वडा नं. ६ वडा समितिले आज आफ्ना वडाका कोरोना संक्रमितहरुलाई पोषिलो खानेकुरा तथा स्वास्थ्य सूरक्षा सामाग्री वितरण गरेको वडाध्यक्ष नेरेश श्रेष्ठले वताउनु भयो ।

धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष श्रेष्ठ सहित वडा सदस्यहरु मिलन खड्गी,बेनु वस्नेत,हिरा देवी राई,, मुना रम्तेल ,वडा कार्यालयका सचिव छत्रजंग कार्की लगायतले सो वडाका कोरोना संक्रमितहरुको घर घरमा गई पोषिलो खानेकुरा तथा स्वास्थ्य सामाग्रीहरु प्रदान गरेका थिए ।

त्यस वडाका संक्रमितहरुलाई डावर च्यवनप्रास,अण्डा,भिटामिन लगायतका पोषिलो खानेकुरा, मास्क तथा सेनिटाईजर प्रदान गरिएको वडा सदस्य हिरादेवी राईले वताउनुभयो ।

यो वडा का ८४ जना कोरोना संक्रमितहरु मध्ये आज ६० जनालाई पोषिलो खानेकुरा तथा स्वास्थ्य र सुरक्षित सामाग्रीहरु वितरण गरिएको र भोली बाकीलाई वितरण गरिने वडा सदस्य मिलन नेवा खड्गीले वताउनु भयो ।

धनकुटा नगरपालिका वडा नं. ६ मा वडाध्यक्ष सहित पाचै जना जनप्रतिनिधिहरु नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुनु भएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु हुदै कांग्रेसको तर्फबाट विजयी हुनु भएको अन्य जनप्रतिनिधिहरुलाई पनि कोरोनाको महामारीका कारण विपत तथा दु:खमा परेका जनतालाई सहयोग र साथ दिन नेपाली कांग्रेस धनकुटाको तर्फबाट आग्रह गरिएको वताउनु भयो ।

कांग्रेसको तर्फबाट बिजयी जनप्रतिनिधिहरुले धनकुटा नगरपालिका वडा नं. ६ बाट शुरु गर्नु भएको जनता बचाउ अभियान अव नेपाली कांग्रेसको तर्फबाट धनकुटा जिल्लामा विजयी हुनु भएका सवै जनप्रतिनिधिहरुले कोरोनाका महामारीमा आफ्ना सवै जनताको साथमा रही उहाहरुलाई स्वस्थ्य बनाउन र स्वास्थ्य रहन सवै किसिमको सहयोग गर्ने धनकुटा कांग्रेस सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।