कोरोना संक्रमित लगायत सर्वसाधारणलाई स्वास्थ्य सामाग्री सहित भिटामिन वितरण

धनकुटा । धनकुटा जिल्लाको कोरोनाको हट स्पट बन्दै गएको सागुरीगढीको वडा नं. १ र २ को बुढीमोरङमा आज नेपाली कांग्रेस धनकुटाका नेताहरुले कोरोना संक्रमित र लगायत सर्वसाधारणलाई स्वास्थ्य सामाग्री सहित भिटामिन वितरण गरेका छन ।

त्यसैगरि सागुरीगढीकै वडा नं. ३ मा खुवाफोकमा समेत पुगी सुरक्षित तथा स्वास्थ्य सामाग्रीहरु वितरण गरेका छन ।

धनकुटा जिल्लाको पछिल्लो पटक अहिले आएर कोरोनाको हट स्र्पोट बन्दै गएको सागुरीगढीको बुढीमोरगमा तिव्र रुपमा कोरोना फैलदै गए पछी नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, जिल्ला सदस्य नेपाल धन राई, क्षेत्रीय सभापती जितेन्द्र राई,नेपाल तरुण दल धनकुटका वरिष्ठ जिल्ला उपाध्यक्ष धिरज साङ्वो, नेपाली कांग्रेस बुढीमरोग वडा नं. १ का सभापती भुपेन राई,सचिव सविन राई,पालिकाका तरुण दलका उपाध्यक्ष अमल राई लगायतका टोलीले संक्रमितहरु र सर्वसाधारणहरुलाई स्वास्थ्य तथा सरक्षित समाग्रीहरु वितरण गरेको हो ।

नेपाली कांग्रेस धनकुटाको टोलीले धनकुटाको बुढीमोरगमा संंक्रमितहरुको घर घरमा गएर स्वास्थ्य स्थितिको वारेमा जानकारी लिई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मास्क,सेनिटाईजर,मिटामिन,सिटामोल लगायतका स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु प्रदान गर्नु भएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य पृती बान्तवा राईले वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटाका उक्त टालीले धनकुटा जिल्ला सागुरीगढी गाउपालिकाको वडा नं. १ मा वडा सभापती भूपेन राई, सचिव सविन राई,पूर्व क्षेत्रिय उपसभापती भविता राई,नेपाली कांग्रेसका यूवा नेता हादेन लिम्बु ,तरुण दलका नेताहरु सन्तोष राई,बिनोद पोखरेल, कुमार लुईटेल लगायतसंग भेटघाट गरी छलफल गर्नु भएको नेपाली कांग्रेसका जिल्ला सदस्य नेपालधन राईले वताउनु भयो ।

यसैगरी नेपाली कांग्रेस धनकुटाको टोली सागुरीगढीकै वडा नं. २ मा जिल्ला सदस्यहरु रमेश इवाहाङ्ग,मान प्रसाद इङनाम,महिला नेता ज्ञानु लिम्बु, यूवा नेताा किशोर लिम्बु,वडा सभापती योगेन्द्र इवाहाङ्ग,सचिव आईत लिम्बु लगायत संघ भेटघाट गरी कोरोना भाईरस फैलन नदिनका लागी परार्मश गरेको क्षेत्रिय सभापती जितेन्द्र राईले वताउनु भयो ।

धनकुटा जिल्लाको सागुरीवढी गाउपालिकाको वडा नं. १ र २ बुढीमोरोगमा अहिले ६० जना बढी कोरोना संक्रमित रहेको र कोरोनाका लक्षण भएका प्राय सवै घर घरमा भेटिएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य तथा सागुरीगढी नेपाली कांग्रेसका संयोजक नेपाल धन राईले वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई सहितको उक्त टोलीले सागुरीगढी गाउपालिका वडा नं. ३ को खुवाफोकमा वडाध्यक्ष राज कुमार राई ,स्वास्थ्य चौकीका प्रमुख बाबुराम थापा लगायत स्वास्थ्य कर्मीहरुसंग भेटघाट गरी स्वास्थ्य समाग्रीहरु स्वास्थ्य चौकीलाई प्रदान गरेको छ ।

खुवाफोकका नेपाली कांग्रेसका वडा सभापती कृष्ण लिम्बु,यूवा नेता खगेन्द्र लिम्बु लगायतका नेताहहरु संग भेटाघाट गरी कोरोनाबाट बच्नका लागी छलफल गर्नु भएको थियो । नेपाली कांग्रेस धनकुटाको टोलीले उहाहरु सवैलाई स्वास्थ्य तथा सुरक्षित सामाग्रीहरु प्रदान गरेको नेपाल तरुण दल धनकुटका वरिष्ठ जिल्ला उपाध्यक्ष धिरज लामाले वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटाको जिल्ला सचिव विजय सन्तोषी राई सहितको उक्त टोलीले बुढीमोरंग स्वास्थ्य चौकीका प्रमुख अनिल श्रेष्ठ र खुवाफोकका स्वास्थ्य चौकीका प्रमुख बाबुराम थापासंग त्यस क्षेत्रमा कोरोना भाईरसको अवस्था र नियन्त्रणका उपायहरुको वारेमा छलफल गरिएको नेपाली कांग्रेस धनकुटाका क्षेत्रिय सभापती जितेन्द्र राईले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।