धनकुटाका थप ११ जनामा कोरोना संक्रमण पुष्टि
असार १,धनकुटा । धनकुटाका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवसथापन केन्द्रको आज दिउँसो ३ वजे सम्मको तथ्यांक अनुसार आज जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १३ सय ८४ पुगेको छ । ती मध्ये ९ सय ९७ जना निको भईसकेका छन् । आज जिल्लाका थप ३४ जना कोरोना संक्रमण मूक्त भए सँगै संक्रमण मुक्त हुनेको सँख्या ९ सय ९७ पुगेको हो ।
हाल जिल्लामा ३६६ सक्रिय संक्रमित रहेकोमा होम आईशोलेसनमा ३४७, संस्थागत आईशोलेसनमा ११ र अस्पतालमा ८ जना उपचाररत रहेको केन्द्रले उल्लेख गरेको छ ।


