आईशोलेसनमा रहेका कोरोना संक्रमित विरामीहरुलाई पोषिलो खानेकुरा र अन्य सामाग्रीहरु प्रदान
धनकुटा,१ असार । धनकुटा आईशोलेसनमा रहेका कोरोना संक्रमित विरामीहरुलाई धनकुटा उद्योग बाणिज्य संघको पहलमा आज पोषिलो खानेकुरा र विभिन्न सामाग्रीहरु प्रदान गरिएको छ ।
धनकुटा आईशोलेसन सेन्टर औद्योगिक ग्राम धनकुटामा उपचारत कोरोना संक्रमित विरामीहरुलाई स्वच्छ,ताजा र सफा पोषिलो खानेकुरा खुवाउन धनकुटा उद्योग बाणिज्य संघ र संघको पहलमा धनकुटा उद्योग बाणिज्य संघका सदस्य तथा फर्निचर व्यावसायी संघ धनकुटाका अध्यक्ष मिलन नेवा खड्गी र धनकुटा उद्योग बाणिज्य संघका सदस्य तथा वितरक संघ हिले धनकुटाका कोषाध्यक्ष विपिन थापाले विभिन्न खांद्यान्नहरु उपलब्ध गराएका हुन् ।
चना मटर लगायत विभिन्न पोसिलो खाद्यान्न सामाग्रीका साथ खाना तथा खाजा प्याक गरेर विरामीहरुलाई दिन हट बक्स,ग्लास लगायतका सामाग्री आईशोलेसनका लागि संचालन गरिएको क्यानटिन सञ्चालिका सरस्वती गुरुङ्गलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,धनकुटा नगरपालिका वडा नं ६ का वडा सदस्य मिलन नेवा खड्गी, धनकुटा नगरपालिका वडा नं ६ का पूर्व वडा अध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटाका निर्वतमान अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले प्रदान गरेका थिए ।
बजार भन्दा टाढा भएकाले धनकुटा आईशोलेसन सेन्टरमा रहेका विरामीर उनिहरुका भिजिटर,चिकित्सक तथा स्वास्थ्य कर्मीहरुलाई दैनिक खाना तथा खाजा खाना र खुवाउन समस्या भैरहेकोले संघको पहल र समन्वयमा दुई एक साता अघि देखी आईशोलेसन परिषर छेउमा व्यावसायी सरस्वती गुरुङ्गले क्यानटिन संचालन गरी सहजताका साथ खाना तथा खाजा खुवाउदै आउनु भएको छ ।
धनकुटा आईशोलेसनमा खाना तथा खाजा खुवाउने क्यानटिन संचालीका सरस्वती गुरुङ्गलाई धनकुटा उद्योग बाणिज्य संघको तर्फबाट स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु र अन्य आवाश्यक सामाग्रीहरु उपलब्ध गराउदै आएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष राईले वताउनु भयो ।


