धनकुटामा कोरोना संक्रमण मुक्त हुनेको संख्या हजार नाघ्यो
असार २,धनकुटा । धनकुटामा कोरोना संक्रमण मुक्त हुनेको संख्या हजार नाघेको छ ।
जिल्लाका ५२ जना आज संक्रमण मुक्त भएसँगै संक्रमण मुक्त हुनेको संख्या १ हजार ४९ पुगेको जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्रको तथ्यांक छ ।
केन्द्रको तथ्यांक अनुसार हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ३७० रहेका छन् । ती मध्ये ३५२ होम आईशोलेसन,८ जना संस्थागत आईशोलेसन र ९ जना अस्पतालमा उपचाररत छन् ।
आज जिल्लाका थप ५६ जनामा संक्रमण पुष्टि भएको केन्द्रले जनाएको छ ।


