शिक्षण अस्पतालका लागि रकम नछुटाएकोमा सामाजिक संजालमा बिरोध
धनकुटा । प्रदेश न १ सरकारले असार १ गते बजेट सार्वजनिक गरेको छ ।
बजेट सार्वजनिक भए संगै बजेट लाई लिएर समाजिक संजालमा धरै टिका टिप्पणी भई रहेका छन् । धरैले यो बजेटको आलोचना गरेका छन् भने यसको समर्थन गर्नेको संख्या पनि निकै नै रहेको छ ।
अघिल्लो बर्षको तुलनामा सानो आकारमा ल्याईएको यो बजेटको सबै भन्दा तिव्र आलोचना धनकुटामा बनाईने भनिएको शिक्षण अस्पताल लाई रकम नछुटाईएको भने र धेरैले गरेका छन् ।
सामाजिक संजाल प्रयोग कर्ताहरुले प्रादेशिक राजधानी संग साटिएको शिक्षण अस्पताल निर्माणका लागि खै त बजेट सरकार भनेका छन् । त्यस्तै कतिपयले धनकुटाका प्रदेश सरकारको कार्यलयको फायलमा धनकुटाका शिक्षण अस्पताल बनि सकेकोले प्रदेश सरकारले रकम छुटाउन आवश्यक नठानेको भनेर लेखेका छन् ।
त्यस्तै कसैले धनकुटामा पंचायत कालमै हुने जति विकास भै सकेकोले अव प्रदेशसरकारले धनकुटामा विकास गर्न आवश्यक नठानेको भनेका छन् । कतिपयले धनकुटाका बाट प्रतिनिधीत्व गर्ने संसदहरुको पहल नपुगेको भनेर बनेका छन् ।


